Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यताको भद्रगोलमा कति आँखा चिम्लिने

काठमाडौं । कामभन्दा हल्ला बढी गर्नेलाई रुचाउने प्रधानमन्त्री केपी ओलीले नेपाल स्काउटको उपाध्यक्ष छँदाछँदै शिक्षा माफिया एवं एमबीबीएस परीक्षाका विद्यार्थीलाई चीट चोराउन सफल रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनाएर मंसिरमा हुने १३औं साफ खेल तोकिएको समयमा आयोजना नुहने निश्चित गरेका छन् । साफ खेल समयमा नहुनु भनेको नीतिगत भ्रष्टाचार चम्काउने पूर्वाधार बन्न नसक्नु हो । पैसाको कारण पूर्वाधार नबन्दा राष्ट्रिय बजेटबाट अरवौं छुट्याएर कप्लक्क खायो । म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेर डुक्रियो प्रम ओलीको राष्ट्र सेवा जनताले बुझेको यही हो । यस्ता नमूना एक दर्जन छन् ।

यहाँ खेलकुदमन्त्री जगत विक देखाइने मात्र हुन् । खेलकुद परिषद्को अघिल्लो नेतृत्वले नवौं राष्ट्रिय खेलकुदको प्रचार प्रसार गर्दा पत्रपत्रिकालाई दिनु पर्ने विज्ञापनको भुक्तानी गर्नु पर्ने देखाएर बजेटको व्यवस्था गरी सकेको छ, पत्रपत्रिकाको पैसा बैंकमा थन्क्याएर कुम्ल्याउने दाउमा रहेका रमेशले परिषद्भित्र सुधार्नु पर्ने केही थिएन । कतिपय पत्रिकाले आठौं खेलकुदको विज्ञापनको पनि पैसा पाएनन् । दशरथ रंगाशाला बन्न सकेको छैन । युवराज लामाको समयदेखि शुरु भएको रंगशाला मर्मतमा २०७२ सालको भूकम्पले थप मर्मत गर्नुपर्ने बनायो । रंगशाला रंगिलो हुँदा नेपालमा खेल्नु पर्ने फुटबल खेल नेपालीले कुवेतमा गएर खेले । जबकि सो खेलको आयोजक नेपाल थियो ।

काम गर्नु पर्ने धेरै छन् सुनसरी, रंगशाला त्यस्तै छ । पोखराको क्षेत्रीय रंगशाला बनाउने र भत्काउने गर्दैछ । बाँकेमा नवौं राष्ट्रिय खेलकुद हुँदा बन्नु पर्ने पौडी पोखरी बल्ल बनेको छ । खेलकुद परिषद्लाई राष्ट्रिय खेलकुद संचालनमा चासो छैन । प्रधानमन्त्री ओलीले आफ्नो दलाल भएबापत कमाई गर्न जहाँ जस्तो अपराध गरेकालाई पनि छूट दिन्छन् भन्ने कुरा रमेश सिलवालको विवादास्पद विगत हो । ओलीको राष्ट्रवाद जति डुक्रिए पनि मदन भण्डारी स्पोर्टस् काउन्सिल होस् वा फाउन्डेशन भारतीय पैसामा चल्ने र चलाइने संस्था हुन् । ओली गुटको राष्ट्रवाद त्यही हाँसेको हुन्छ । जहाँ राष्ट्रपति विद्या भण्डारीको नाउ जोडिन्छ । खेलकुदक्षेत्रलाई यस्तै चरित्रहरूले खेलौना बनाएका छन् ।

फुटबलको म्याच फिक्सिङसँग जोडिएका भ्रष्ट गणेश थापाले विश्व फुटबल महासंघको गोल प्रोजेक्टमा भ्रष्टाचार गर्दा आफ्नो इतिहास बिगारे । रमेश सिलवालले कलेजको फाउन्डर, स्काउटको उपाध्यक्ष भएकै बेला प्रम ओलीद्वारा बक्सिसका रुपमा प्राप्त सदस्य सचिव पद साफ खेलकुद समयमा नसकेर इतिहासमा कालो पोत्ने भएका छन् । किनकि प्रचार शैलीले कामको विश्वास देखाउँदैन । रंगशाला र खेलकुदबाट राजनीति गर्दा नेकपा एमालेको माधव गुटका पुरुषोत्तम पौडेल, तत्कालिन सदस्यसचिव केशव विष्ट, ओली गुटका अगाडि हावा खाएकै छन् । माधव टीमका जीवनराम श्रेष्ठलाई ओलम्पिक कमिटीबाट खेद्न नेकपाका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठका पुत्र उमेशलाल श्रेष्ठलाई ओलम्पिक कमिटीको अध्यक्ष पदमा अगाडि सारेको ओली गुटले नै हो । उमेशले १० भोट ल्याएर थन्किए । राष्ट्रको गहना खेलकुदमा राजनीति गर्न सबै तम्सन्छन् । मन्त्रीदेखि सदस्यसचिवको ध्यान कुम्ल्याउने नै हुन्छ ।

जीवनरामले बारम्बार ओलम्पिक कमिटी नछाड्नु को कारण त्यहाँ्र आउने डलर झ्याप पार्नु हो । नेपालको खेलकुद जगत बदनाम हुनुको कारण नेतृत्व लुच्चो र आर्थिक पाटोमा लोभी हुनाले हो । मन्त्री जुन पार्टीको हुन्छ उसकै कार्यकर्ता केन्द्रीत हुने राष्ट्रिय खेलकुद परिषद्को बदनाम गर्ने काँग्रेसका पर्खालमन्त्रीका रुपमा परिचय बनाएका बलबहादुर केसी हुन् । उनले परिषद्मा ९ सयभन्दा बढी कार्यकर्तालाई जागिर लगाए । खेलकुद हावा खायो जय नेपाल कर्ताले भत्ता खाए । राष्ट्रको खेलकुदलाई बदनाम गराए । कतै प्रम ओलीका विश्वासी रमेश सिलवाल त्यही बाटोमा त छैनन् ? जो दशरथरंगाशलामा घाँस बढेकोमा चासो लिन्छन् फडानी गर्छन् तर पूर्ण निर्माणको समस्यातर्फ सचेत देखिँदैनन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा तत्कालिन एमालेले कार्यकर्ता छानेर श्रममन्त्रालयमार्फत् स्कुलको फुल गोड्ने सरकारी कार्यालय वरपर झार च्यात्ने, ज्याकेट र टोपी लगाएका कार्यकर्ताको राम्रै फेसबुक फैलाएकै हो । राज्यको झण्डै ३ अर्ब खरानी बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको पहिलो चरण सफल बनाइएको थाहा पाएका सिलवाल जस्ता चोट्टाले रंगशालाको मैदानको भन्दा चार पर्खाल भित्रको भग्नावशेषतिर ध्यान दिएको भए पत्याइदो हुन्थ्यो ।

खेलकुद परिषद्जस्तो भ्रष्टहरूको संस्था शायद अरु छैन । जसले राष्ट्रिय खेलकुद आयोजना गर्दा पत्रपत्रिकालाई प्रचार प्रसारका विज्ञापन दिलाउँछ,बील समयमा माग्छ, भुक्तानी गर्दैन । कमिशन आउने लाखौं लाखको भुक्तानी त्यहाँ रोकिँदैन । मारिन्छन् साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिका । केशव विष्टले आम्दानीभित्र खर्चको पेरोल देखाएर थान्को लगाएको पत्रपत्रिकाको विज्ञापनको भुक्तानी नदिन देखाउन रंगशालाको झार उखेल्ने रमेश सिलवालका कुकर्मविरुद्ध नेपाली प्रेस लाग्न बाँकी छ । गणेश थापा निकै मातेका थिए, खेलकुद बिटका पत्रकारलाई तँ साले, मु…. सम्म भन्थे । उनको हातल कहाँ पुग्यो ओलीका विश्वासी रमेशले अध्ययन गरे पुग्छ ।


सम्बन्धित समाचार