Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बजारमा रु १० को डटपेन सरकारी कार्यलयमा सप्लाई गर्नेले रु ४० प्रति गोटा मूल्य राखेर कोटेशन हाल्छ । कर्मचारीलाई कार्यलय प्रमुखले दिएको निर्देशनमा सरकारको रकम बचाउने उद्देश्य हुदैन । लक्ष यो वर्ष कुन सामान खरिद गर्दा कति खाने भन्ने हुन्छ । राष्ट्रिय ध्वजा बाहक कम्पनी नेपाल वायु सेवा निगमको जाहाज खरिद र मर्मतमा हुने घोटला रु १० को डटपेनको मूल्य रु ४० तोकेर भित्र्याए जस्तै हो । निगमले बहुदलीय व्यवस्था आएपछि शिर उठाउन पाएन । लाउडर धमिजा, चेज एयर जस्ता काण्ड त्यहाँ भए । जहाज भाडामा लिदा कमिशन, खरिद गर्दा कमिशन पार्टपूर्जा मर्मतमा पनि कमिशन जोडिएको मात्र होइन ४०० कर्मचारी भए पुग्नेमा १६०० कर्मचारी बनाएर घाटा नभए हुन्छ के ?
३२० सिरिजका ४ वटा जाहाज भएका निजी कम्पनीमा ४०० कर्मचारी छन् । ती कम्पनी नाफामा छन् । ५० मिलियन डलरमा ती जाहाज किनेका हुन् । तर निगमका ३२० सिरिजका ४ जाहाज १०५ मिलियन डलरमा खरिद भयो । परेको मुल्य भन्दा दोब्बर भन्दा ५ डलर बढीमा जाहज किन्न लगाउने सरकार र त्यो बेला मन्त्री माथि कारबाही किन हन्न । जो मन्त्री भयो त्यसले बायुसेवालाई चुस्यो । व्यवस्थापन सुधार्ने तर्फ ध्यान दिएन । अहिले निजी करण गरेर निगमको सम्पत्ति झ्याप पार्न महाप्रबन्धक डिमप्रकाश पौडेलको तयारी छ । पर्यटन मन्त्रालय कुन दलको भागमा पर्छ थाहा छैन । हरेकको दाउ कमाउने रहेको हुन्छ । एयरपोर्ट यति एयरलाई सुम्पने काम ओली सरकारले गरेको हो । निगमका ३ जाहाज यतिले सित्तैमा चलाएर डलर कमाई गरेकै छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल