Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्ता छन् गठबन्धनका दुई रूप

काठमाडौं । अन्ततः वर्तमान गठबन्धनकै संसदमा बहुमत पुग्ने अवस्था मत परिणामले देखाएको छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न सकस परिरहेको बेला मतदानपछि विवाद भएर गणना रोकिएका क्षेत्रहरूको मतलाई कर्के नजर लगाउने अवस्था पनि बन्दैछ । राष्ट्रिय पार्टी बन्नका लागि तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दुई नर्जन भन्दा बढी दलहरूले पाएको मत पनि राष्ट्रिय पार्टीहरूमै जोडिने कानुनी प्रक्रियाका कारण वर्तमान सत्ता गठबन्धनलाई टिकाउने बलियो आधार बन्न पुगेको छ । अबको लडाइँ कार्यकारी पद र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता पदहरूमा केन्द्रीत हुने अवस्था छ । यस कारण वामपन्थी गठबन्धनलाई जनताले रुचाए पनि विगतका तीता, टर्रा व्यवहारले सफल हुन नसक्ने अवस्था बन्दैछ । गठबन्धनका शीर्ष नेताहरूको भेटघाट बाक्लिन थालेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फकाउन सकिन्छ कि भनेर मसिनो स्वरमा वार्ता शुरु गरिसकेका छन् । वामपन्थी सरकार लथालिंग बनाएर एक्लै नायक बनेपछि भाँडिएका प्रचण्ड र माधवलाई मिलाउन एमाले अध्यक्ष केपी ओली र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तम्सेका छन् । एमालेले प्राप्त गरेको सिट र माओवादी र एकीकृत समाजवादी, जसपा समेत सरकार निर्माणमा एकै ठाउँमा आउन सक्ने सम्भावना छ । तर प्रधानमन्त्री पदमा पुगेपछि एमाले अध्यक्ष ओलीले देखाउने हैकम सहयात्रीहरूप्रतिको दुस्मनी व्यवहार नै शंकाको घेरामा छ । ६० प्रतिशत वामपन्थी जनमतको कदर गर्न केपी ओलीले नसक्दाको परिणाम माओवादी जहाँ गयो त्यहाँ ठूलो पार्टी बन्ने अवस्था आयो । हिजो एमालेसँग मिल्दा १२१ सिटको एमाले ५४ सीटको माओवादीको झण्डै दुई तिहाई थियो । आज त्यो जनमत काँग्रेसले ९० सीट बनायो तर माओवादीप्रति उसको घात छर्लङ्ग भयो । माओवादी ३३ सिटमा थन्के पनि गठबन्धनलाई घात गरेन । यहाँ नेका, माओवादी, एस, लोसपा, मसाल मिल्दा बहुमतका लागि चाहिने १३८ पुग्छ । काँग्रेसकै वागी पनि ३ जना छन् । प्रभु शाहका २ जना छन् । अहिलेको आँकडा हेर्दा कम्युनिष्ट पार्टीको बीचमा एकता त होइन कार्यक्रमका आधारमा सरकार बनाउने हो भने संघीय सरकार प्रदेशीक सरकार बन्न सक्छ । त्यसका लागि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ खटेका छन् । अहिले एमाले अध्यक्ष केपी ओलीले प्रमको कुर्सी नताकी दोस्रो तहमा पदीय मर्यादा सार्ने हो भने माओवादी एस र एमालेका बीचमा मात्र गठबन्धन बन्न सक्छ । यहाँ १२२ त यिनैको हुन्छ । जसपाका १० जना, थपिने र मसाल १ प्रभु साह २ जोडिने हो भने १३४ पुग्छ । बहुमतका लागि आवश्यक १३८ पु¥याउन एमालेकै गठबन्धनको राप्रपाको १५ थपिँदा १४९ हुन्छ । यहाँ मुद्दाको कुरा छ । राप्रपा संघीयता विरोधी मसाल पनि संघीयता विरोधी हुन भन्ने ख्याल राख्नुपर्छ ।
उता, काँग्रेससँगको गठबन्धनमा सरकार बनाउने हो भने काँग्रेसकै अग्रसरता जरुरी छ । माओवादी र एकीकृत समाजवादी मिले भने ४३ सिटको दमदार भारले १२० सिटमा लोसपाका ४ सहजै जोडिन्छ र प्रभु साह जोडिन्छन् । देउवा बाहेकको हकमा रवि लामिछानेको २३ सिट थपिँदा १४७ हुन्छ । सरकार बनाउन १३८ भए पुग्छ । काँग्रेसकै बागी यहाँ खोज्नै पर्दैन । राप्रपाबाट पशुपतिसमशेरहरूको जोड एमालेतर्फ भन्दा काँग्रेसमै ठोकिन्छ । राष्ट्रघाती महाकाली सन्धिका प्राधिकार काँग्रेसका शेरबहादुर, राप्रपाका पशुपति समशेर, डा. प्रकाशचन्द्र लोहनी हुन् । ओलीले पैसा खाए साथ दिए । नेपालीको सत्तामा अमेरिका र भारतको चासो हुन्छ । यी दुवै राष्ट्रले कम्युनिष्ट एक भएको रुचाउँदैनन् । त्यसकारण पनि भारतीय जोड एमाले सहितको गठबन्धन भन्दा राप्रपासहितको गठन्धनलाई जोड दिने कुरामा विश्वस्त हुन सकिन्छ । चुनाव जित्ने चुच्चे नक्सा फण्डामात्र हो । सरकारमा पुगेपछि गुमेको भूमि सबै बिर्सन्छन् । चुड्किला र उखान टुक्काले बहुमत आउने भए एमाले अध्यक्ष केपी ओलीले एक्लै बहुमत ल्याइन्छ भन्दै गर्दा होलिवाइन, प्रतिगमनकारी र विखण्डनवादी किन बोके ? सोध्नेलाई उनले सिधै चुनाव जित्ने भनेकै हुन् । चुनावी फण्डा अनेक हुन्छन् । तर जनता ढाँट्ने फण्डामा पानी जहाज र रेलका कथाको अर्थ छैन । काँग्रेसले प्रयोग ग¥यो भन्ने वर्षमान पुन, रामप्रसाद (दिपशिखा), देव गुरुङ र नारायणकाजीको जोड वामपन्थी सरकार बनाउनेमै देखिन्छ । यस्तो संसदलाई जनताको हितमा प्रयोग गर्ने काममा माओवादी लाग्न सक्नुपर्छ । जनताको भावनामा ठक्कर दिनेलाई जिताएका झापाली मतदाताले योजना र मुद्दा हेरेको भए माओवादीलाई जिताउनु पथ्र्यो । तर झापामै एमाले बलियो शक्ति बन्न सकेको छ । ओली आफू लत्रेर गठबन्धन गर्दैनन भने उनको पछि लाग्न जरुरी छैन ।