Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो बन्दैछ माधव नेपालको नयाँ पार्टी

काठमाडौं । पार्टीमा कुनै स्थान पाउने सम्भावना समाप्त भएपछि नयाँ घरजमको तयारीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन् । आन्तरिक विवाद चुलिँदै जाँदा नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् । कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ । नेपालले नयाँ दल खोल्नलागेको खुलासा गरेका छन् । उनले नयाँ दल खोल्न वाध्य पारिएको प्रतिक्रिया दिएका छन् । नेपाल समूहले नयाँ दलको खाका यसअघि नै तयार गरिसकेको छ । पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको बुझिएको छ । नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भीम रावलले महासचिवको जिम्मेवारी पाउनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल हुनेछन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल