Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो समिकरण बन्दै बालकोटमा

काठमाडौं । सत्ता गठबन्धनमा कुरा मिल्न नसकेपछि सरकार गठनका लागि अर्को नयाँ चरणको समीकरण तयारी भएको छ ।
त्यसका लागि अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ ।
जसमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
राष्ट्रपतिसहित सबै निकायमा हुने नियुक्ति र चुनावी प्रक्रिया पहिले नै बाँडफाँटमा सहमति गर्ने तयारीस्वरुप छलफल सुरु भएको हो ।
तर यो गठबन्धनमा भने नेकपा एकीकृत समाजवादी भने सहभागी हुने सम्भावना तत्कालका लागि कम भएको स्रोत बताउँछ ।
चार दलबीच सहमति कायम भएमा बहुमत पुग्ने देखिन्छ । बहुमतका लागि १३८ सांसद आवश्यक भए पनि अहिले चार दलबीच सहमति कायम भएमा १४४ पुग्ने देखिन्छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल