Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनको चेत कता हरायो ?

यिनको चेत कता हरायो जनताका अगाडि ठिक पार्ने चुनावमा ठूलो पार्टी बन्ने तर सत्तामा गएपछि देशको अवस्था र जनताको पीडाबारे चासो नराख्ने राजनीतिक दल मुलुक लुट्ने लाइसेन्स प्राप्त भ्रष्ट भएका छन् । सबैलाई प्रधानमन्त्री पद चाहिएको छ त्यो पद पाउन कुनै सिद्धान्त मिल्नु पर्दैन नेताले मन्त्री पाउने झन्डा हल्लाउने सरकारी गाडी र गार्ड पाएपछि जनताका अगाडि गरेका वाचा बिर्सिए पनि भएकै छ । नेपाली राजनीतिको यो विशेषताले देश कता लैजाँदैछ ? कालो बजार, महङ्गी अभाव र कमिसनको जालो जसले तोडे पनि हुन्छ । कम्युनिस्टहरू किसान र मजदुर प्रेमी भएको दाबी गर्दछन् । तर सत्तामा पुगेपछि यिनको चेतना हराउँछ जनपक्षीय काम कुनैले गरेनन् गर्दैनन् पनि । किनकि कम्युनिस्टको झन्डै दुईतिहाइको सरकार पनि जनताले देख्यो त्यो पनि गयो । कम्युनिस्टका उपप्रम मन्त्री र प्रधानमन्त्रीले देश कोरोना कालमा बन्द हुँदाको फाइदा कस्तो र कसरी लिए ? त्यो त्यो बेला काम नपाएको मजदुर, राज्यबाट सहयोग नपाएको गरिबप्रति कम्युनिस्टको व्यवहार कस्तो भयो ? राजा फालेर ल्याइएको गणतन्त्रको राष्ट्रपति कति जना सेवक भए ? गफ गर्न पर्दैन आज पनि शासक कांग्रेस र कम्युनिस्ट छन् । कम्युनिस्टले लिएका मन्त्रालयबाट पनि राहत छैन भने कांग्रेसले लिएका अर्थ स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्र होइन कानुन मन्त्रीले समेत कतै केही प्रगति गरेनन् । कुर्सीका लागि यिनको न त सिद्धान्त मिल्छ न त कुनै विचार मिल्छ । केवल पद र कुर्सीमा मात्र ध्यान दिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकारहरू कस्ता छन् ? जसले प्रधानमन्त्रीले बारम्बार निर्देशन दिने कार्यान्वयन नभएको पत्तो पाउँदैनन् ? यो कस्तो सरकार हो ? यो सरकारका प्रधानमन्त्रीले कुन बेला कहाँ कस्तो निर्देशन दिन्छन् ? आफै हल्का हुने, बदनाम हुने काम किन गर्दैछन् प्रधानमन्त्री प्रचण्ड ? एमालेका केपी ओली त प्रभु भए भए । श्रमजीवी जनताको आशा र भरोसाका केन्द्र बन्नुपर्ने माओवादी किन बदनाम हुन्छ ? पार्टी सत्तामा छ हिजो बुर्जुवा शिक्षाको विरोध गर्यो आज त्यही बुर्जुवा शिक्षाका नीति र कानुनले जकडिएका नियुक्तिहरूमा कतै शैक्षिक योग्यताको ख्याल छैन । योग्यता पुगेकाहरूलाई महत्व नदिई लठैत र असक्षम पात्रलाई अगाडि सारेको छ । कतै विचार छैन कहिं पनि जनताको सेवा गर्ने कुरा छैन । केबल नेता प्रधानमन्त्री र मन्त्री बनेकै छन्, बनाइएका छन् । यस्तो बेथितिलाई नै यथावत राख्ने भए गणतन्त्र, १० वर्षे जनयुद्ध, झापा आन्दोलन, जहाज हाइज्याक काण्ड जस्ता दर्जनौं काण्डको खात किन लाग्छ ? कम्युनिष्ट पार्टीबाट जनताले गरेको आशा कतै पूरा गरेनन् । कम्युनिष्ट भएका बखतको सपना र कल्पना अब गर्न हुँदैन । गरिबको सेवा जसले गरे पनि हुन्छ । नेपाली काँग्रेसले किसान र मजदूरका हितमा काम गर्नैहुन्न । विनोद चौधरी, गोल्छा र डा. आरजुको हितका मात्र काम गर्नु पर्छ भन्ने थिएन । काँग्रेस त भएका उद्योगहरू केही बेचेर केही बन्द गरेर खुल्ला बजार, खुल्ला अर्थतन्त्रको वकालत गर्छ । देशमा रोजगार बढाउन उद्योग खोल्नुपर्छ । तर काँग्रेसले भएका उद्योग बन्द ग¥यो, बेरोजगार बढायो । देशका युवा वैदेशिक रोजगारीमा खेदेर रेमिट्यान्स आएकोमा गर्व गर्ने, गाउँघर रित्तो बनाउने प्रजातन्त्र चलाउने भष्मासुरहरूको जमात हो । तर कम्युनिष्टले उद्योग खोल्ने, देशको जनशक्ति देशमा अड्याउने नीति लिएनन् । बरु बन्द उद्योग बन्दै भए, बेरोजगारको समस्या उस्तै राखेर पढ्ने पुस्तकमा कर लगाउने अग्रवालाहरूको चकलेट, डा. आरजुको सेनिटरी प्याड आयातमा राजश्व घटाएकै हुन् । देशका उद्योगलाई बढी से बढी कर लगाउने विदेशका आयातित वस्तुमा कर घटाउने जस्तो राष्ट्रघात कम्युनिष्टकै प्रधानमन्त्री र अर्थमन्त्रीबाट भयो । तर केपी ओली, शेरबहादर देउवा, पुष्पकमल दाहाललाई लाज लागेन । यहाँ माधव र झलनाथ देशभक्तभएका नमूना योग्य छैनन् । यी भनेका काँग्रेस र माओवादीका बुख्याचा भए ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल