Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटमा कुटु‘’ले भिडियो साझेदारी साइट युट्युवमा सर्वाधिक पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौ भ्यूज पाउने गरेका छन् । २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन । यो समाचार तयारी गर्दा सम्म १५ करोड एक लाख ९० हजार एक सय ४९ पटक यसलाई हेरिएको छ । नेपाली र गैरनेपाली दर्शक तथा श्रोताबीच पनि लोकप्रिय बनेको यो गीतमा राजनराज शिवाकोटीले संगीत भरेका हुन् । १५ करोड पटक भन्दा बढी हेरिने यो पहिलो नेपाली गीत हो । यो गीतमा राजनराज, राजन इशान र मेलिना राइले स्वर भरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत र असिफ शाहको नृत्य छ । ‘कुटुमा कुटु’ गीतका विदेशी भर्सन पनि रिलिज भएका थिए । आज पनि विभिन्न कार्यक्रमदेखि टीकटक लगायतका सामाजिक सञ्जालमा हिट बनेको यो गीतमा टन्नै कभर गीत पनि निर्माण भएका थिए ।
दोस्रो स्थानमा टीका प्रसाइँले गाएको ‘माया लुकलुकी’ छ जसलाई १० करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । अहिलेसम्म युट्युवमा १० करोडभन्दा बढी पटक हेरिएका यी दुई गीत हुन् ।
१. कुटुमा कुटु-१५ करोड १ लाख
२. माया लुकुलुकी- १० करोड ६१ लाख
३. पिरिम नलाउने- ७ करोड ८२ लाख
४. साली मन पर्यो- ७ करोड ४१ लाख
५. सालको पात टपरी- ६ करोड ९८ लाख
६. गोजीमा दाम छैन- ६ करोड ९६ लाख
७. नाच फिरिरी- ६ करोड ८८ लाख ६
८. माया बिरानी- ६ करोड ५७ लाख
९. कसरी कसरी- ६ करोड ३८ लाख
१०. फुलबुट्टे सारी- ५ करोड ७२ लाख
१५ करोड बढीले हेरेको गीत कुटुमा कुटु रहेको चलचित्र २ रुपैयाँलाई भने युट्युबमा ८५ लाख बढीले हेरिसकेका छन् । यस्तो रहेको चलचित्र २ रुपैयाँ
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल