Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउन ‘फरदर पब्लिक इस्यु’ (एफपीओ) जारी गर्ने भएको छ।
कम्पनीले जेठ ११ देखि १६ गतेसम्म एफपीओ जारी गर्ने भएको हो। युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जरपछि सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशतभन्दा कममा आएको थियो।
अहिले कम्पनीको कुल चुक्ता पुँजी ११ करोड ६ लाख रुपैयाँ छ। कम्पनीमा अहिले संस्थापक लगानीकर्ताको हिस्सा ९४.०१ प्रतिशत छ भने बाँकी ५.९९ प्रतिशत सेयर सर्वसाधारणको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरको ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको सेयर जारी गर्न लागेको हो। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल