Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता लिँदै शेखरलाई समर्थन गरेको घोषणा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
सो अघि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील रहेको भन्दै उनलाई सघाउने पनि बताएका छन्
यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय सकिएको छ । समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।


सम्बन्धित समाचार