Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राउटे समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै पीडित युवतीहरुलाई यसअघि नै कारबाही गरिएको थियो । अनुगमनबाट यौन हिंसामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको खुलेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । यौन दुर्व्यवहारको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा। टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ । राउटे समुदायका महिलाहरू प्रायः अन्य समुदायका नागरिकसँग बोलचाल गर्दैनन् । उनीहरू श्रीमान् र समुदायको डरका कारण बोल्न डराउने गरेको जानकारहरु बताउँछन् । दुवै पीडित युवतीहरू अविवाहित हुन् । राउटे समुदायमा प्रायः सानै उमेरमा विवाह गर्ने चलन भएपनि युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन । दुर्व्यवहारमा परेका युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्छन्
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल