Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यो पाराले रहला माओवादी ?

काठमाण्डौ । राजनीति सत्ताको खेल हो । जोगी हुन राजनीति गरेको भए एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रघाती महाकाली सन्धी गर्न एमालेमा आन्तरिक मतदान गराउने थिएनन् । राजनीतिमा ओली वाद हावी छ । केपी ओलीले जे भन्छन त्यो गर्नैपर्ने वाध्यता एमालेको छ । त्यस्तै पारा र प्रवृत्ति माओवादीमा छ । जुन पार्टीका अध्यक्ष पुष्प कमल दाहाललाई एक थान प्रधानमन्त्रीको पद बचाउन पार्टीको सिद्धान्त, नीति, कार्यक्रमले वार लगाउँदैन । कुनै वेला संविधानसभामा २२१ जना भएको त्यो पार्टी त्यही वेला गलत वाटो समाउदा सरकारवाट हट्नु पर्यो । त्यो वेला केपी ओली माओवादीको दुश्मन थिए । उनलाई माओवादीले नै झापामै थन्को लगाए पनि केन्द्रीय राजनीतिमा काँग्रेसी कुपात्र डा. रामवरण यादवले सहयात्री वनाउन पछि परेनन् ।
डा. यादव अहिले पनि देशको राजश्ववाट पालिएका छन् । यीनलाई जनताको गरिवीसँग चासो छैन् । यी आफै डाक्टर हुन यीनले आफ्नो देशको चिकित्सा क्षेत्रको सुधार गर्न चासो दिएनन् । २२०, ८०, ५३ हुँदै ३२ मा झरेको माओवादीले ७८ सीटे केपी ओली, ८९ सीटको काँग्रेसलाई राम्रैसँग खेलाए । यो खेलमा समाजको कुनै चासो भएन । चासो के भयो सत्ताको खेलमा रमाएका तत्वले २६ हजारको वहुमतमा ३२ हजार १८८ को रोईलो चम्काउनु नौलो भएन । माओवादी भित्र प्रचण्ड विभूपति बनाईयो । जसरी एमाले र काँग्रेसमा देउवा केपी ओलीले कुनै अवसर पाए नछाड्ने भए । यहाँ ओलीका उम्मेदवारको १५ हजार ३१२ मत जोगाउन कठिन छ ।
विचारको लडाइ कतै छैन । काँग्रेस केवल सत्तालाई प्रधान ठान्छ भन्ने आरोप पनि कम्युनिष्टले लगाएर उम्कने ठाउँ भएन । यो समयमा ठूलो जमात बनाउन ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा भए पुगेकै हो । किनकी मन्त्री राप्रपाकै थिए । उपसभामुख एमालेकै निर्देशन मान्ने रास्वपा नै थिए । नेताको चिन्तन फेरिएको हुन्न राजनीतिलाई वितृष्णा चम्काउने योजनामा लगियो । जनताको समस्या तिर नत केपीले ध्यान दिए नत प्रचण्ड र देउवाले चासो लिए ।
आखिर राजनीति भनेको तौलमा २,४ केजी घटवड होलान चरित्रमा ध्याम्पेहरुकै मस्ती भयो । माओवादीले सत्ता वाहिर ०४९ सालको जनमोर्चा झैं वस्दा के फरक पर्छ ? यहाँ संगठन प्रधान पनि भएन जनताको समस्या प्रधान पनि भएन । संसदीय कालको मध्यावधिमा प्राप्त परिणामले राप्रपा राष्ट्रवादीका नाममा लोकेन्द्र वहादुर चन्द प्रजातन्त्रवादीका नाममा सूर्य वहादुर थापालाई प्रधानमन्त्री वनाएर रमिता देखाईएकै हुन ।
माओवादी भित्र दर्शन खोज्न थालियो सिद्धान्त हेरियो भने अग्रगामी सत्ता छलाङ चर्काउन कठिन हुन्छ । त्यहाँ जनजाति चरित्रका नेताहरुको सर्किणताले वनेको संगठन समेत भत्केका छन् । शुद्धता जर्नादनमा पनि थिएन गिरिराज मणिमा पनि विस्वास गरिएन । अवको माओवादी कसैको साहरा विना संसदमा आउने भनेकै १४,१८ सीट हो । त्यो ५ वर्षमा प्रचण्ड सत्तामा वसेर आफ्नो भोलीको अस्तित्व वचाउने जिम्मा उपप्रम नारायणकाजी श्रेष्ठ संचारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराँती संघिय मामीलामीन्त्री अमनलाल मोदीले कति सक्लान ?