Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कुरा जति गर उहि छ । मन्त्री मण्डल विस्तारको नाटक भित्र प्रचण्ड र माधव, उपेन्द्र र बाबुरामका योजना पनि गन्तव्यहिन भएका छन् । जनताको अपेक्षा ठूलो छैन । केबल भ्रष्टाचार नियन्त्रण, शुसासन, रोजगारको प्रबन्ध थियो । तर हिजोका असफल पात्र शेर बहादुर देउवाले मौकाको अवसर लिए । तर आफ्नो गन्तब्य कहाँ हो ? योजना के हुन् ? सरकार जनताको हो कि माफीयकाको हो परिचीत गराउदै छन् ।
देशमा कोरोना महामारी राष्ट्रिय एजेण्डा बन्दै छ । सरकारले रु २६ अर्ब २७ करोड खोपका लागि छुट्याएको थियो । महामारी घटेको छैन । प्रमुख प्रतिपक्ष गैर जिम्मेवार बन्दैछ । विदेशी श्रमबजारबाट ४७ लाख ९२ हजार नेपाली युवा वैदेशीक रोजगारीमा छन् । तीनकै रेमिट्यान्सले अर्थतन्त्र ध्वस्त हुनबाट बचेको छ । जनसंख्याको ४० प्रतिशत युवालाई रोजगारी दिलाउन सरकारका योजना छैनन् । उपचारका लािग सरकारी अस्पताल जाँदा ज्यान नबच्ने डर निजीमा जाँदा जोगी बन्ने डर छ ।
जोगी बन्न राजनीति गरिएको होइन भन्ने केपि ओलीले बिगारेको संरचना सपार्ने आँट गरेको खण्डमा देउवा सरकारसँग जनमत थियो । सर्वभौम सत्ता सम्पन्न संसदलाई बन्धक बनाउनेले संसदीय सर्वाेच्चताको शिक्षा कस्तो दिदैछ ? मान्छेको योजना खुट्टी देख्दैमा चाल पाइयो भने जस्तै काँग्रेसका शेरबहादुरले कुर्सीको लोभ गरे । उनले सत्ता बाहिर बसेर कम्युनिष्टको नाउमा चलेको एकाधिकारवाद चिर्न कम्युनिष्टहरुलाई लगाउनु पथ्र्याे ।
प्रधानमन्त्रीका लागि जसपाका महन्तदेखि उपेन्द्रसम्म राजी थिए । दल विभाजनले माओवादी, नेका, जसपा एक भएको भए संख्या पुग्थ्यो । मधेसको मुद्दा तीनले कसरी मिलाउथे त्यो थाहा हुन्थ्यो । गन्तब्य खुल्थ्यो । एमाले टुक्रिदा सत्ता बलियो हुन्थ्यो ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल