Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रहरी प्रधानकार्यालयले दुई एसएसपीमाथि छानवीन गरिरहँदा एक एसएसपीले राजीनामा दिएका छन्। महिला कर्मचारीमाथि यौन हिंसा गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन्। त्यस्तै हुण्डी कारोबारीसँग लाखौं रुपैयाँ असुल गरेको अरोपमा एसएसपी बेलबहादुर पाण्डेमाथि भने अनुसन्धान चलिरहेको छ। पर्सामा हुँदा एक हुण्डी कारोबारीसँग लाखौं रुपैयाँ असुलेको अरोप उनीमाथि छ। दुवै एसएसपीको आरोपमाथिको अनुसन्धान भने एउटै डिआइजी सुरेन्द्र मैनालीले गरेका थिए। एसएसपी पाललाई भने उनले दोषी करार गरेपछि कारवाहीको सिफारिस गरेका थिए भने पाण्डेको विषयमा छानविन चलिरहेको छ। पालले १ जना महिला प्रहरी (सहायक हवल्दार) माथि यौन हिंसा गरेको घटना बाहिरिएको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो। समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो। समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो। आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएका हुन्। प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायतले पालले राजीनामा दिएको पुष्टि गरेका छन्। सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। घटना गत जेठ १९ गतेको हो। महिला सहायक हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं।’ एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्यूटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको थियो। उता पाण्डेले पर्सामा बस्दा हुन्डी कारोबारीसँग प्रत्यक्ष जाडिएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख हुँदा पाण्डे हुन्डी कारोबारमा संलग्न रहेको विषय बाहिर आएपछि उनीमाथि अनुसन्धान शुरु भएको थियो। आफूनिकट विभिन्न व्यक्तिको बैंक खाता दिएर एसएसपी पाण्डेले पर्साका हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रकासित भएको थियो। ‘उनीमाथिको अनुसन्धान चलिरहेको छ’, प्रहरी प्रधानकार्यालका एक अधिकारीले भने।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल