Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यौन दूराचारको आरोपपछि सभामुखको राजीनामा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् । यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।महराले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा आजैदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका छन् । उनले लेखेको राजीनामा पत्रमा घटनाको छानबिन नसक्दा सम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेद्वारको रुपमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित महरा वाम गठवन्धन तत्कालीन एमाले र माओवादी केन्द्रको साझा उम्मेद्वारका रुपमा प्रतिनिधिसभाको सभामुखमा विजयी भएका थिए । महरामाथि सोमबार साँझ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।
सभामुख महरामाथि लागेको आरोप तथा अबको प्रक्रियाबारे निर्णय गर्न भनेर मंगलबार बिहान नेकपा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर छानबिनमा सघाउनका लागि सुझाव दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल