Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२३ श्रावण/काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अह्वानलाई सार्थक तुल्याउँदै ग:हिति,लैकाे,टाैमढी,भक्तपुर नगरपालिका – ४ मा न्यातापाेल कर्नर टीमकाे ३८अाैं वार्षिकोत्सबकाे उपलक्ष्यमा सेहि टिमद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा बिशेष रक्तदान कार्यक्रमकाे अयाेजना गरियाे ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन गरिएको उक्त बिशेष रक्तदान कार्यक्रमकाे सभापतित्व क्लवका अध्यक्ष मुक्तिसुन्दर जधारीले गर्नु भएको थियो । साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४२ जनाले रक्तदान गर्नुभएको थियो । स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल