Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रजस्वालाको ‘दाग’ देखेर बहिनीको हत्या

काठमाडौं । १२ वर्षीय बहिनीको हत्या गरेको अभियोगमा भारतको थानेबाट ३० वर्षीय एक युवक पक्राउ गरेका छन् । भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सेक्युरेटी गार्डको रुपमा कार्यरत ति युवाले आफ्नी बहिनीको प्रथम राजस्वलाको दाग कपडामा देखेपछि बहिनीले कसैसँग शारीरिक सम्बन्ध कायम गरेको शंकामा बहिनीको हत्या गरेका हुन् । ‘राजस्वला हुँदाको दागलाई शाररिक संपर्कको रुपमा बुझेको कारण हत्या गरिएको देखिएको छ । यस् विषयमा थप अनुसन्धान भईरहेको छ’, प्रहरीलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृतक बालिका उल्लासनगरमा आफ्ना दाई र भाउजुसँग बस्दै आएको जनाइएको छ । घटनाको केही दिन अगाडिदेखि पीडित बालिकाको प्रथम राजस्वला सुरु भएको र उनका दाईले कपडामा सो दाग देखेपपछि बहिनीले शारीरिक सम्बन्ध राखेको शंका गर्दै बहिनीलाई प्रश्न गरेका थिए । यद्यपी पहिलो पटक राजस्वला भोगिरहेकी उनकी बहिनीले दाजुको प्रश्नको उत्तर भने दिन सकिनन् । दाईले बहिनीको मुख तथा शरीरका अन्य भागमा तातो चिम्टाले यातना दिन सुरु गरे । यातनापछि बालिकालाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । पीडक दाईलाई हाल भारतीय दण्ड संहिताको धारा ३०२ अन्तर्गत हत्याको मुद्दा दर्ता गरिएको रिपोर्टमा उल्लेख छ ।