Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आसन्न चुनावी मैदानमा रहेका चर्चित उम्मेद्वार रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा फसेका छन् । सो विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा नगएको प्रष्ट्रिकरण दिएका छन् ।
लामिछानेका अनुसार, २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा उनी गएनन् । पर्यटक भिसामा नेपाल छिरेर काम गरिरहेको विषयमा आलोचना भएपछि ४ वर्षअघि उनले अमेरिकी पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘सरेन्डर’ गरेका थिए । साथै दूतावासमा बुझाएको २ हजार ३ सय ५० अमेरिकी डलर दस्तुर रकमको रसिद र पासपोर्ट सरेन्डर गरेको पत्र पनि सार्वजनिक गरेका थिए । तर, लामिछानेले अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन भनेर प्रमाण सार्वजनिक गरेका छैनन् । अमेरिकी नागरिकता त्याग्न पनि त्यहाँको कानुनअनुसार विभिन्न चरणका प्रक्रियाहरू पूरा गरेको हुनुपर्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल