Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि बसेको कारागारको झ्यालमा ठोकियो जाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने बसेको कारागार कार्यालय रूपन्देहीको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको छ। बिहीबार कारागार कार्यालय रूपन्देहीका प्रशासक सुरेश भण्डारीले विज्ञप्ति जारी गर्दै प्लाई निकालिएको जानकारी दिएका छन्। रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी उनलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ, विज्ञप्तिमा भनिएको छ, उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ। उनलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ। २५० जना बस्ने क्षमता भएको उक्त कारागारमा ६४० जना राखिएको पनि प्रशासन कार्यालयले जनाएको छ। क्षमता भन्दा तीन गुणा बढी बन्दीहरू रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अतिउत्तम परिचालन गरी कानुन बमोजिम सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको छ, विज्ञप्तिमा भनिएको छ, कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरूलाई खाने, बस्ने, हिडडुल गर्ने, पढ्ने टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ। सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल