Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले हटाउनुभन्दा गुरुङले आफैं मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। त्यही सुझावका आधारमा गृहमन्त्रीले राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक शीर्षस्थ नेताले बताए। ती नेताका अनुसार गुरुङ र सभापति रवि बीच भेटवार्तामा पनि मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो। यता प्रधानमन्त्री बालेन्द्रले पनि गुरुङलाई टेलिफोन गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गुरुङमाथि उत्पन्न भएका विवादहरूको विषयमा अध्ययन भइरहेको बताएको छ। गुरुङले बुझाएको स्पष्टीकरणका आधारमा उनीमाथि अनुसन्धान भइरहेको हो।
निष्पक्ष छानबिन होस्
गुरुङले दीपक भट्टसँग जोडिएको शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्। बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरे। पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै निष्पक्ष छानबिनका लागि पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले तत्काल लागू हुने गरी राजीनामा दिएको उनले स्पष्ट पारे। गुरुङले पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको बताए। उनले ४६ जनाको बलिदानबाट बनेको सरकारमाथि उठेका प्रश्नको जवाफ नैतिकताबाटै दिनुपर्ने उल्लेख गरेका छन्।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल