Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि र प्रचण्डको आग्रहपछि बाबुरामले मैदान छाडे

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, भट्टराईले भनेका छन्, प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको भनाइ छ । मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ त्यसले निश्चित आकार ग्रहण गरेको छैन, बाबुरामले थप प्रष्ट पार्दै भने, तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा हुन्छ भन्ने साथीहरू, दलको पनि आयो । सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहँदा राम्रो हुने उनको भनाइ छ । मैले जीवनभरिको जुन अभिष्ट हो, संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था हो । चुनौती थपिएका छन्, तीनको व्यवस्थापन गर्नुछ,’ उनले भनेका छन्, ‘मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ्नुछ । मैले सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर फिर्ता लिने निर्णय गरेको छु । उनलाई उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आग्रह गरेको थियो । स्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । बुर्लाकोटी यही क्षेत्रबाट यसअघिको निर्वाचनमा पनि सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ पराजित भएका थिए । यसपटक प्रचण्डले भने निर्वाचन क्षेत्र फेरेका छन् । स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट यो क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल