Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछानेको आजको चुनावी कार्यक्रममा प्रशासनद्वारा रोक

काठमाडौं। सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ । सोमबार रुपन्देहीका५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने मंगलबार नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो । लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो । उनी आइतबार पूर्वी नवलपुर र पश्चिमनवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए । मंगलबार उनले यहाँ सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका थिए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल