Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी हिजै विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने भैरहवाको देवकोटा चोकस्थित एक होटलमा बसेको र आज अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए । रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।


सम्बन्धित समाचार