Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बिहान करिब तीन घण्टा लामो भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, रास्वपाको केन्द्रीय समिति विस्तार, सरकारको कार्यशैली, संविधान संशोधनलगायत समसामयिक विषयमा विस्तृत संवाद भएको स्रोतले जनाएको छ।
भेटका क्रममा देशमा बढ्दो जननिराशा, त्यसका कारण र दीर्घकालीन समाधानका उपायबारे पनि दुवै नेताबीच गम्भीर छलफल भएको बताइएको छ।
स्रोतका अनुसार पछिल्ला दिनमा भएका गणेश नेपाली र आश्विन राउतलगायतका आत्मदाहका घटनाबारे पनि विशेष रूपमा कुराकानी भएको थियो। ती घटनालाई वर्षौंदेखि सञ्चित निराशा र व्यवस्थाप्रतिको असन्तुष्टिको अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै दुवै नेताले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
छलफलमा सभापति लामिछानेले सुकुम्बासी समस्या समाधानका क्रममा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर अघि बढ्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्।
यसैबीच, पछिल्लो समय सार्वजनिक सञ्चारमाध्यममा आएका रास्वपा र बालेन शाह पक्षबीच मतभेद रहेको भन्ने अड्कलबाजीलाई सचिवालयले अस्वीकार गरेको छ। दुवै पक्षबीच कुनै दरार नरहेको र निरन्तर समन्वयमा काम भइरहेको सचिवालयको भनाइ छ।
स्रोतका अनुसार तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको तथा प्रधानमन्त्री शाहले शक्ति केन्द्रीकरणभन्दा सम्बन्धित मन्त्रालयहरूलाई थप प्रभावकारी र सशक्त बनाउने नीति लिएको बताएका छन्।
त्यस्तै, रास्वपाको केन्द्रीय समिति विस्तारमा बालेन पक्षले अवरोध गरेको भन्ने चर्चा पनि निराधार रहेको र पार्टीका कामकारबाही दुवै नेताबीचको सहकार्य र समन्वयमै अघि बढिरहेको जनाइएको छ।
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल