Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछाने र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडाैं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सोमबार भारत पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर तथा गृहमन्त्री अमित शाहलगायत शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

रास्वपाका अनुसार भारतीय गृहमन्त्री अमित शाहले कुनै विदेशी राजनीतिक दलका प्रमुखसँग गरेको यो पहिलो औपचारिक भेट हो। भाजपा नेतृत्वको राष्ट्रिय राजनीतिमा सक्रिय रहँदा तथा पछिल्लो सात वर्षदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दासमेत शाहले कुनै विदेशी दलका अध्यक्षसँग भेटवार्ता गरेका थिएनन्।

लामिछाने र मोदीबीचको भेटलाई दुई देशका राजनीतिक दलबीचको सम्बन्ध र आपसी चासोका विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

लामिछाने जेठ २२ गतेसम्म भारतमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा छलफलका साथै अयोध्या भ्रमणको समेत तालिका रहेको बताइएको छ।


सम्बन्धित समाचार

गृहमा सुधनको पुनरागमनको चर्चा

२०८३ जेष्ठ २४

ताजा नेपाल

इन्डियामा साङ्लाहरूको तहल्का

२०८३ जेष्ठ २४

ताजा नेपाल