Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवीन्द्र छिर्ने भएपछि राप्रपामा असन्तुष्टि बढ्यो

काठमाडौं। वैकल्पिक राजनीतिको खोजी गर्दै अन्ततः त्यो मार्ग असफल भएपवछि विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरंग सिर्जना भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरीयता दिएर पार्टी प्रवेश गराउन चाहन्छन् । उनको यो तयारीपछि बुद्धिमान तामाङसहितका प्रभावशाली नेताहरू सन्तुष्ट भएको बुझिएको छ। स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा।प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न लिङ्देनलाई निकै सकस छ। मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राखेका छन्। त्यसका लागि उनले पटकपटक राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग छलफल गरिसकेका छन्। स्रोतका अनुसार मिश्रले विवेकशील साझा पार्टीका सातमध्ये ६ प्रदेश अध्यक्षसहित राप्रपा प्रवेश गराउने प्रतिबद्धता जनाएका छन्। विवेकशील साझाका निवर्तमान अध्यक्षसमेत भएकाले लिङ्देन मिश्रलाई दोस्रो वरीयता दिन तयार देखिएका छन्। राप्रपामा अहिले लिङ्देन अध्यक्ष छन् भने राणा र लोहनी वरिष्ठ नेता छन्। अब मिश्र आउँदा राणा र लोहनी पछि पर्नेछन् । सोही कारण तामाङसहितका नेताहरूले असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए। मिश्रको एक मात्र चाहना काठमाडौं १ मा राप्रपाबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने छ। उनी अघिल्लो हारको बदला लिन चाहन्छन् । सोही कारण एक साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने कि नगर्ने भन्ने विषय टुंगो लाग्ने नेताहरू बताउँछन्।