Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रसुवा बाढीमा परेकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै आठ जिल्लाबाट उक्त संख्यामा शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै ६४ जनाको शव फेला परेको छ।
त्यस्तै, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिको खोजी नदी तटीय क्षेत्रसम्म विस्तार गरिएको छ।
प्रहरीले प्रभावित जिल्लामा उद्धार, खोजी तथा राहत व्यवस्थापनको काम जारी रहेको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल