Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजदरबारको आँगनबाट राजतन्त्र र संघीयताबारे ओलीले के भने ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं नेकपा (ओली पक्ष)को जनप्रदर्शन राजधानीमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन्। नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए। केपी ओलीले राजतन्त्र फर्काउने रे, जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं, ओलीले भने। बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो, उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ । उनले स्थानीय तहहरूले विकासमा बाधा नपुर्‍याएको पनि बताए। यसअघि नारायणहिटी दरबारअगाडि ओलीले सभा राखेर उनले दिन खोजेको सन्देशबारे विभिन्न कोणबाट चर्चा भएको थियो।