Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा कोरोना संक्रमण भयावह बन्दै, एकै दिन १५९९ संक्रमित

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । बितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३२९ जना निको भएको जानकारी दिए ।

यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए । हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको हो। यसैबीच कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।


सम्बन्धित समाचार