Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा भीडभाड बढेपछि यस्तो आयो आदेश

काठमाडौं । कोरोना संक्रमणको अवस्था केही कमी आएसँगै र चाडपर्वले छोपेपछि राजधानीमा भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढेको छ । दशैंको मुखमा बजारहरुमा भीडभाड बढेको हो । यसले कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखिएको छ ।
उपत्यकाका मुख्य बजारहरु भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, न्युरोड, बागबजार, पुतलीसडकमा भीडभाड बढेको छ । ललितपुरको मंगलबजार, कुमारीपाटीलगायतका क्षेत्रमा पनि भीड बढेको छ । भीडभाड बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गरी भीडभाड, सभा जुलस, जात्रा महोत्सव, भोजभत्तेर आदी नगर्न नगराउन भनेका छन् । चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न भनिएको छ ।
सार्वजनिक सवारी साधानहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरिएको छ ।