Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना संक्रमणको दर उच्च गतिमा फैलिइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राजधानीमा कुनै पनि बेला भयावह अवस्था आउनसक्ने चेनावती दिएका छन् । दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताउँदै सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताएका छन् । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए ।
६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए । अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु¥याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए । उनले भने– ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दाखेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उहाँले भन्नुभएको छ ।
उनले परीक्षण नगरेका कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावी नगरिएको समेत उनले बताए । सरकारले बनाएको मापदण्ड अनुसारनै परीक्षण भएको उनको दावी छ ।
काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए । बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले बताए । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे । सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको समेत उनले बताए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल