Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेका हुन् । अन्य सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन् । समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले बताए । प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्दैछ । एमालेको विधान महाधिवेश ललितपुरमा जारी छ । आज प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूची छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल