Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजेश हमालको जात सम्बन्धी क्रिश्चियन कार्यक्रम

नेपालका बहुराष्ट्रिय कम्पनिको विज्ञापनमा चलेका संञ्चार मिडियाहरुमा तस्कर माफिया र विभिन्न विदेशी एजेन्सीहरुको प्रभाव रहेको छ । बेलाबखतमा यस प्रकारका समाचारहरु सम्प्रेषण पनि हुँदै आईरहेका छन् ।

समता फाउण्डेशन नामक क्रिश्चियन एनजीओको लगानीमा कान्तिपूर टेलिभिजनमा कथित महानायक भन्ने राजेश हमालले जातको प्रश्न भन्ने कार्यक्रम पुन शुरु गरेका छन् । स्मरण रहोस् नेपाल एकीकरणको लिगेशी बोकेको गोरखनाथ धारामा, कुनैपनि जातिपाति छैन । यो विषयमा यस्ता पात्र र संञ्चार मिडियाबाट समाचार, कार्यक्रम सम्प्रेषण हुदैन किनभने क्रिश्चियन लगानी नेपालमा साम्प्रदायिक भड्काव ल्याउन लगाइएको छ ।

राजेश हमालले यस्तै धन्दा चलाई रहेका छन् । नेपाली चलचित्र क्षेत्रका कलाकारहरु हमालको यो कुकृत्यबाट लज्जित हुनु परेको छ । नेपालका शिल्पी समुदायलाई दलित करार गर्न पश्चिमा क्रिश्चियन एनजीओहरु लागिरहेका छन् । आहुती, राजेन्द्र महर्जन, खगेन्द्र संग्रौला, युग पाठक, बाबुराम भट्टराई, संञ्जिव उप्रेती, नारायण वाग्ले, लगायतको गिरोह क्रियाशील रहेका छन् ।

नेपालीहरुका महान चाड वडा दशै विरुद्ध आहुती लगायतका पात्रहरुलाई कान्तिपूरदेखि हिमालयन टेलिभिजन लगायतका सञ्चार मिडियामा राजेन्द्र बानिया लगायतका विष ओकल्न सुरु गरिसकेका छन् । यसबाट पनि नेपालका विषाक्त सञ्चार मिडियाहरुको खेति के छ भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।