Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राजनीतिमा आएको विचलन पार्टीमा प्रवेश पाएको गुटगत स्वार्थका कारण माफीयातन्त्र हावी भएको छ । राजस्व संकलन मै माफीया र तस्करको वढोत्तरी छ । प्रधानमन्त्री कम्युनिष्ट पार्टीको नेता भएका वेला नीतिगत सुधार गर्न असफल भएकै कारण यतिवेला बजारमा आतंक छ । बैक तथा वित्तीय संस्थाहरु धरापमा परेका छन् । ऋण लिने व्यवसाय गर्ने नाफा आफू खाने सरकारलाई तिर्नु पर्ने कर नतिर्ने शैली माथी राज्य कठोर वन्न नसक्दा यो स्थिती आएको हो । ६४ प्रतिशत कृषक निर्वाह मुखी छन । व्यवसायीक कृषकले समयमा मल विउ पाउदैनन । आफ्नो उत्पादनको वजार पाउदैनन् । सरकारको खाद्य तथा व्यापार कम्पनी छ त्यसले किसानले उत्पादन गरेको धान, गहुँ, तोरी, उखुजस्ता वस्तुको समयमा मल्य निर्धारण गर्दैन । व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने महंगोमा वेच्ने गर्छन । कालो वजारमा तीनै छन । जो सरकारलाई वैंकवाट लिएको ऋणको साँवा व्याज समयमा तिर्दैनन । त्यसले आन्दोलनको धम्की दिन्छ । दलमा भएका नेता सत्ता नपाउँदा क्रान्तीकारी परिवर्तनकारी जव सत्ता र कुर्सी पाउछन तीनै विचौलियावादी भएका थुप्रै प्रमाण छन ।
निष्ठा, त्याग, समपर्ण राजनीतिको त्यो पाटो ओझेलमा परेको छ । कमाउ र मोज गर सिद्धान्त नै अहिले चर्को छ । समस्या जताततै छन जहाँ टेक्यो त्यहाँ प्वाल पर्न थालेपछि राज्य दरिलो हुदैन । सरकारका मन्त्री नै भ्रष्ट र विचौलियावादी भएका छन् । माओवादीवाट जनताले आश गर्छ । तर त्यही पार्टीको प्रमले १६ वटा मन्त्रालयको जिम्मेवारी लिएपछि मलको अनुदान घट्छ वजार भाउ चम्कन्छ किन ? यस्तो वेतिथिका वेला मेडिकल माफीया दूर्गा प्रसाइले वैंक तथा वित्तीय संस्थाहरुवाट लिएको ऋणको व्याज घटाउन आन्दोलन गरेका छन् । तीनै प्रसाँइको पछि लागेका लघुवित्त र सहकारीवाट घर खेत खोसीएका नागरिक सडकमा आएका हुन । राज्य संचालन मै अस्थिरता आएपछि यस्ता धेरै समस्या चर्कन्छन । तर कुर्सी र पदका लागि लडेका दलहरुले जनतासँग जोडिएको त्यो सरोकारको विषय तर्फ ध्यान दिएका छैनन् ।
अघिल्लो कम्युनिष्ट वाहुल्यको सरकारमा एमालेका अध्यक्ष केपीले संघियता गणतन्त्र समावेशीता विरोधी राजावादी पार्टी राप्रपा र रास्वपालाई काँध हाल्दा अस्थिरता चक्कीयो । गठबन्धनको लिग फेरिएर राष्ट्रपति काँग्रेसले उपराष्ट्रपति जसपाले लिए । तर मन्त्रालय तीनैलाई धेरै र ठूलो वजेट भएको चाहिएको छ । देश जताततै जर्जर हुदैछ । पार्टीहरुको जोड घटाउ कुर्सी र पदमा केन्द्रीत छ । यस्तो भएपछि दूर्गा प्रसाँई जस्ता अराजकहरु वैंक ऋण तिर्दिन भनेर सडकमा आएका हुन ।
राज्यको स्पष्ट नीति नहुुँदा नियममा राज्य नचल्दा यस्तो हाहाकार भएको हो । ४१ महिना सम्म नेकपाकै सरकार देशमा थियो । त्यसको काम प्रशासनीक सुधार तर्फ भन्दा कमिशन विचौलिया, माफीयाको स्वार्थमा केन्द्रीत भयो । संसद भंगगर्ने द्धन्द्ध चर्काउने त्यो एमालेको ओलीवादले गौरव ठान्यो । अदालतले बनाएको सरकारका प्रधानमन्त्रीलाई जनताको जीवन प्रति सरोकार भएन । शेर वहादुर देउवाको भद्रताको फाईदा तीनले उठाए जो कमाउ धन्दामा केन्द्रीत थिए । अहिले तीनैलाई रोजेको मन्त्रालय र मन्त्री पद चाहिएको छ । देशको विग्रेको अर्थतन्त्र सुधार्ने भ्रष्टाचारको दोहोलो काडने हिम्मत तीनमा देखिदैन । राजनीति शिथिल हुँदा माफीया र दलाल चम्कनु स्वभाविक हो ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल