Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिको कदल विरुद्ध वाइसीयल आक्रोशित

काठमाडौं । योङ कम्युनिष्ट लीग नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र दलहरुलाई नयाँ सरकार गठनका निम्ति आह्वान गर्दै बिहीबार बेलुका जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुबोधराज शेर्पालीले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीको कदमप्रति संगठनको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।

राष्ट्रपति भण्डारीद्वारा जारी उक्त आह्वान मन्त्रिपरिषदको गठनसम्बन्धी नेपालको संविधानको धारा ९७६० को प्रावधान विपरितको असंवैधानिक कदम रहेको ठहर गर्दै सो संगठनले राष्ट्रपतिको आव्हानप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति भण्डारीको यो निर्णय गलत मनसायका साथ आएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छः ‘निर्वाचनका माध्यामबाट स्थापित प्रतिनिधिसभाको हत्या गर्ने गलत मनसायका साथ आएको यस्तो निर्णयले देशलाई द्वन्द्वको अँध्यारो सुरुङतर्फ धकेल्छ, जनताले महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा प्राप्त गरेका सार्वभौम अधिकार कुण्ठित गर्ने छ ।

तसर्थ, राष्ट्रपति–प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदम सर्वथा निन्दनीय छ । सो संगठनले राष्ट्रपतिद्वारा जारी आह्वान फिर्ता गर्दै संवैधानिक व्यवस्थाको सम्मान गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत लिन र राजीनामा दिएर नयाँ सरकारको मार्गप्रशस्त गर्न समेत माग गरेको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल