Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति ट्रम्पकी दिदी लगाइन् मुस्लिमले भन्दा कडा आरोप

काठमाडौं । अमेरिकी सत्ताको नेतृत्व गर्नेहरुलाई मुस्लिम समुदायले अनेक आरोप लगाउँछन् तर अहिले त त्यो भन्दा कडा आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी मरिएन्नी ट्रम्प बेरीले आफ्नो भाइ एकदमै क्रुर रहेको बताएकी छिन्। सन् २०१८ र २०१९ मा रेकर्ड गरिएको एक अन्तर्वार्तामा बेरीले अमेरिकी राष्ट्रपतिका रुपमा ओभल अफिसको कमान्ड सम्हालिरहेका भाइको कुनै सिद्धान्त नभएको र उनी आफ्नोबारेमा मात्रै सोच्ने र झुटो बोल्ने बताएकी हुन्। बेरीले आफ्नो भाइको नाम लिँदै भनेकी छिन्, ‘डोनाल्ड क्रुर छन्।’ बेरीकी भान्जी म्यारी ट्रम्पले वासिङटन पोस्टमा बेरीसँगको अन्तर्वार्ताको एक हिस्सा सार्वजनिक गरेकी हुन्। शनिवार सार्वजनिक गरिएको अन्तर्वार्तामा बेरीले भनेकी छिन्, ‘उनीसँग कुनै सिद्धान्त छैन, छदै छैन।’ पूर्व न्यायाधीशसमेत रहेकी ८४ वर्षीया बेरीले ट्रम्पले राष्ट्रपतिको रुपमा मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने नाममा बालबालिकासँग गरिएको व्यवहारको समेत विरोध गरेकी छिन्।। उनले आफ्नो राष्ट्रपति भाइले आप्रवासी व्यवस्थापनसम्बन्धी दिएको सुझाव नपढेकोसमेत बताइन्। ‘उनले आफ्नो धरातल बनाउने प्रयासमात्र गरे’ बेरीले भनेकी छिन्, ‘यदि तिमी धार्मिक व्यक्ति हौ भने तिमी मानिसहरुको सहयोग गर्छौ। उनीहरुलाई दुस्ख दिँदैनौं।’ आफ्नो भाइ पढाईमा निकै कमजोर रहेको र उनको होमवर्क आफूले गर्ने गरेको समेत उनले दाबी गरेकी छिन्। साथै कलेजमा भर्ना गराउन आफूले नै ट्रम्पसँग न्यूयोर्क घुमाएको उनले बताएकी छिन्। बेरीले आफ्नो भाइले झुट बोल्ने गरेको समेत बताएकी छिन्। ट्रम्पको ट्वीट गर्ने बानीप्रति लक्षित गर्दै बेरीले भनिन्, ‘उनको ट्वीट र झुट, ओ माइ गड।’ अन्तर्वार्ता प्रकाशित मेरी ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जोय बाइडेनलाई सहयोग गर्ने घोषणा गरिसकेकी छिन्।