Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति र प्रधानमन्त्रीबीच के भयो कुराकानी ?

काठमाडौं । पार्टी एक भएको देखाएर २३ जनाको हस्ताक्षर अन्योलमा पार्दै सर्वोच्च अदालतको फैसला प्रभावित पार्ने योजना असफल भएपछि केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा ४० मिनेटको भेटमा सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल भएको हो । राष्ट्रपति भण्डारीसँग ओलीले राजीनामाबारे छलफल गरेका छन् । उनले सर्वोच्च अदालतको आदेश पालना गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिबारे कुराकानी गरेका हुन् । राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको साँझ १८ः५० देखि १९ः३५ सम्म कुराकानी भएको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल