Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २४ यता मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको दाबी गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले भदौ २४ पछि प्रतिक्रान्तिकारी गतिविधिहरू बढ्दै गएको उल्लेख गर्दै नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव कमजोर पार्न विभिन्न प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाए।
‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव समाप्त पार्न दुनियाँभरका प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्,’ उनले भने।
प्रचण्डले वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुश प्रवृत्तिको प्रतिरोध तथा लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि वामपन्थी शक्तिबीच छिटोभन्दा छिटो एकता र सहकार्य आवश्यक रहेको बताए।
‘यो परिस्थितिमा हामीले ढिलाइ नगरी राष्ट्रिय स्वाधीनताको पक्षमा र निरंकुशताविरुद्ध वामपन्थी एकता तथा सहकार्यलाई तीव्र बनाउनुपर्छ,’ उनले भने, ‘सहकार्यमा ढिलाइ गर्दा मुलुकले दुर्घटनाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।’
२०८३ असार १४
ताजा नेपाल
२०८३ असार १४
ताजा नेपाल
२०८३ असार १४
ताजा नेपाल