Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियता बचाउन देखियो अग्रसरता, नागरिक अभियानले जनता उराल्ने

काठमाडौं । कम्युनिष्ट पार्टीले पाएको सत्ता बाँदरको हातमा नरिवल भएजस्तै अवस्था अहिले देखिएको छ । झण्डै दुई तिहाईको जनादेश प्राप्त ओली सरकारले खडा गरेका विकृति र विसंगतिका कारण नेपाली जनताले शान्ति र न्यायको अनुभूति गर्न पाएनन् । विकास र समृद्धि त सपनाका कुरा भए । बहुमत प्राप्त सरकारको पनि यतिखेर ग्रहदशा राम्रो छैन । किनकि नेपालको सत्तामा गढबढी हुनासाथ विदेशी शक्ति केन्द्रहरुको चहलपहल शुरु हुन्छ यस्ता प्रवृत्तिका विरुद्ध खडा भएका संस्थाहरु यतिखेर जुर्मुराउन थालेका छन् । मंसिर १५ गते देशैभर राष्ट्रियताको संरक्षणका निम्ति सडक प्रदर्शन गर्ने तयारीमा रहेका ती शक्तिहरुले नेपाली जनतालाई आग्रह गर्दै भनेका छन्, देशमा जन निर्वाचीत वहुमतको सरकार हुँदा पनि राज्यको सरकारकै उपस्थिति अनुभुति हुन नपाउनु देशको दुरभाग्य हो ।

स्वतन्त्र देश नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता र राष्ट्रवासी एवं राष्ट्रिय स्वाधीनताको संरक्षण तथा सम्वर्ध्दनमा विश्वास गुमाउँदै आएको कम्युनिष्ट सरकारले नागरिकको जिउ ज्यान, हकहीत तथा स्वास्थ्य, शिक्षा तथा सुशासन समेतमा उपेक्षा गरेका प्रशस्त दृष्टान्तहरु रहेकाछन् । नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक डा ठाकुरमोहन श्रेष्ठ र महासचिव डा. हरिहर घिमिरेद्वारा नागरिकहरुसमक्ष गरिएको आग्रहमा भनिएको छ, रोग, भोग, वेरोजगार, युवापलायन, अकुत भ्रष्टाचार, बाह्य हस्तक्षेप र दवावको मारवाट वचाउन राष्ट्रिय नीति र कार्य योजना सहित नागरिकलाई सुनिश्चित गर्नमा प्राथमिकताका साथ हरसम्भव नतिजामुखी भै तल्लिन रहनु पर्ने परिप्रेक्षमा वेवास्ता गरी मुल्यहीन राजनीति र अनुत्तरदायी दलाल नेतृत्व एवं भागवण्डा प्रवृतिका कृयाकलाप गतिविधि उन्मुख भएर मुलक असफल वनाईएको, देशको सनातन संस्कृति, परम्परा र पहिचान मासेको जग जाहेर छ । राजधानीको केन्द्र विन्दुमा रहेको टूडीखेलमा भाडाका पसल चलाउने त कहिले रत्नपार्कको नामै परिवर्तन गरेर नयाँ नेपाल बनाउने जस्ता गैर जिंमेवार हल्ला र क्रियाकलापले आम जनतालाई चिन्तित बनाउदै आएको छ । यसमा नेपाल नागरिक अभियानको गम्भिर ध्यानाकषर्ण भएको छ ।
शिवकी पुरी कान्तिपुरीका रूपमा पौराणिक कालमै प्रख्यात नेपाली राजधनीको मुटुमा रत्नपार्क रहेको छ। यसको दक्षिणमा टूँडीखेल खुला मञ्च, सैनिक मञ्च र उत्तर तिर रमणीय ऐतिहासिक रानीपोखरी रहेका छन। यस पार्कको निर्माण आम जनताका बालबालिकाको शारीरिक र मानसिक शिक्षा, स्वास्थ्य र मनोरञ्जन दिने पवित्र उद्देश्यले सुन्दर वाटिका बनाउन लगाई तत्कालिन राजा महेन्द्र वीर विक्रम शाहको सरकारले वात्शल्यमयी आफ्नी काञ्छी रानी रत्न राज्यलक्ष्मी देवी शाहको बालबालिका प्रति गरेको सहयोगको कदर गर्दै नामक्षर मिल्नेगरी रत्नपार्क नाम राखिएको हो । आमजनता र बाल बालिकाको जीवन विकासमा प्रत्यक्ष सरोकार भएका ऐतिहासिक खुलामञ्च र रमणीय रत्नपार्क बाल बाटिका दुबै हाल आएर उद्देश्य विपरितका व्यवसायिक स्थल र अस्थाई बस अड्डाका रूपमा प्रयोग हुन दिएर विकृत र विभत्स हुदै गएको यथार्त कटु सत्य तथ्य विषयवस्तु हुन ।

उपेक्षित अवस्था झेल्दै आएका रत्न पार्क बालबाटिका र टूडीखेल खुल्ला मञ्चलाई पनि स्थापना कालमा लिएका पवित्र उद्देश्य अनुरूप मर्मत संभार गरी कामनपा र सरकारले जनताको मन जित्न सकेको छैन । उल्टै संखधर साख्वाको शालिक निर्माणको नाममा रत्न पार्कको नाम वदल्ने पूर्वाग्रही एवं संकीर्ण मानसिकताका कारण सामाजिक सदभाव विगार्ने तथा नागरिकहरू वीच फुटाउ र शासन गर भन्ने जस्ता अवस्था चित्रण भएको छ । यस्ता विवादीत निर्णय तत्कालै सच्याई संखधर साख्वाको शालिक उपयुक्त स्थानमा व्यवस्था हुन समेत काठमाडैं महानगरपालिका तथा नेपाल सरकार समक्ष आग्रह गर्दछौ । स्मरण रहोस् ईतिहास मास्नेलाई ईतिहासले नै दण्ड दिनेछ ।

पुर्खाका योगदान र कृतिहरू विनास गरेर वा नयाँ नामराख्दैमा नयाँ नेपाल हुन् भन्ने निकृष्ट सोँचमा बहकिएर ध्वंसात्मक काम गरी कृतघ्नताको काली टीकी लगाए पनि ईतिहास नमेटिने तथ्य हृदयङ्गम गरी ऐतिहासिक र सार्वजनिक महत्वका स्मारकहरू दुरुस्त अद्यावधिक गर्दै थप लोक कल्याणकारी कृति स्थापना गर्न बर्तमान सरकार सफल रहोस् भन्ने अपेक्षा गर्दछौ । सो नगरी आमासंचारमा अएको समाचार अनुसार रत्नपार्कको एैतिहासिकता नामेट पार्ने कुचेष्टा कायम रहेमा सो कार्यको समेत नेपाली जनताले सहन सक्ने छैन ।


सम्बन्धित समाचार