Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभामा मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेकी हुन् ।
आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भनी व्यक्तिविशेषलाई इंगित गरी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै उनले प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् ।
उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि आपत्तिजनक रहेको जानकारी दिएकी छिन ।
मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनको भनाइ रहेको छ ।
प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाइ फिर्ता लिनुपर्नेमा उनले जोड दिइन् ।


सम्बन्धित समाचार