Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै १९ सिटमा उम्मेदवारी दिने भएको छ। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि एमालेले सत्तागठबन्धनका दलसँग सहकार्य गर्ने प्रयास गरेको थियो। गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्यको प्रस्ताव राखेका थिए। गठबन्धनमा आवद्ध सबै दल एकजुट भएर चुनावमा जाँदा राष्ट्रियसभा निर्वाचनमा एमालेले एक सिट पनि जित्ने सम्भावना देखिँदैन। गठबन्धनसँग सहकार्यका लागि सहमति जुट्ने सम्भावना नदेखेपछि एमालेले सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारी दर्ताको समय रहेको छ। माघ ११ गते चुनाव हुने भएकाले अन्तिम समयसम्म सहमति हुनसक्ने अपेक्षा एमालेले लिएको छ। नेपाली राजनीतिमा अन्तिम समयमा पनि समीकरण फेरिएको कैयौं घटना रहेकाले राष्ट्रियसभा निर्वाचनमा पनि परिस्थिति फेरिनसक्ने एमालेका एक केन्द्रीय सदस्यले बताए। सचिवालयले सबै सिटमा उम्मेदवारी दिने निर्णय गरे पनि सहमतिको ढोका भने खुला रहने उनको भनाइ छ। एमालेको सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। प्रदेस अध्यक्षबाट बाहिरिएका सबैलाई केन्द्रीय सदस्य बनाइएको छ भने झापाबाट एक जना केन्द्रीय सदस्यमा मनोनित भएका छन्। कोसी प्रदेसबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, मधेस प्रदेसबाट रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्की केन्द्रीय सदस्यमा मनोनित भएका हुन्।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल