Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात

काठमाडौं । आफ्नै पार्टीमा मौलाएको गुटगत चरित्र परिणाम आउँदा उदांगो हुन्छ । यस पटक मत संख्या जोड्दा सत्तापक्ष बलियो भए पनि कोशी प्रदेशमा सत्तापक्षकै माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । काँग्रेस नेता कृष्ण सिटौलाको राजनीतिक उचाईमा कार्की थिइनन् । तर उनको प्रतिस्पर्धी रुक्मिणी कोइराला पनि राजनीतिक उचाईमा थिइनन् । सत्ता अन्तर्घातले काम ग¥यो । आफ्नो सामाजिक क्षेत्रको लगानीबाट मतदातालाई आकर्षित गर्न सक्यो । डा. शेखरको अन्तरघातको फाइदा लिइन् । घात त्यहाँ भएकै हो । कोशीमा काँगे्रेस नेताद्वय डा. शेखर कोइराला र कृष्ण सिटौलाबीचको प्रतिस्पर्धाको चोट माओवादीले व्यहोर्नु प¥यो । राष्ट्रियसभामा ठूलो दल भइयो भनेर गर्व गर्न त भयो तर जन विश्वास भने गुमाउँदैछ । गाउँमा चार पाँच घरबाट मोही मागेर घर लगेर फेरि मोही पारेर नौनी निकाले जस्तो हो माओवादीको ठूलो दलको हैसियत जसको आधार छैन । एक्लै मैदानमा उत्रिने हो भने कुन हालत हुन्छ सबैलाई पत्तो भएकै हो । त्यसो त डा. शेखर माओवादी भन्दा एमालेसँगको गठबन्धनका पक्षपाति हुन् । यिनले विद्रोह पनि गरे फल अब फल्छ है । एमाले अध्यक्ष ओली र कोइरालाको दक्षिणको लबि एउटै हो । पार्टीमा पनि देउवालाई बारम्बार अप्ठ्यारो पार्न सक्रिय डा. शेखरलाई पार्टीमा प्राप्त ४० प्रतिशत मत हो त्यो अनुसार भाग उनले खोज्दा मन्त्रीमण्डल विस्तारमा शेखरले आफूले पाएको चार जनामा ३ जनाको नाम सिफारिश गरेकै हुन् । यो व्यवहारले गगन झस्किएका छन् । पछिल्लो पटक डा. मिनेन्द्र रिजाल घातक भएर देखिए । यो अन्तरघातको हिसाव आगामी चुनाव र गठबन्धनमा हुनसक्छ । डा. रिजाल आफैं सांसद बन्न चाहन्थे । तर कृष्ण सिटौला पार्टी संस्थापनको रोजाईमा परेका थिए । गुटगत अस्थिरता रिजालको पहिचान थियो । हिजो उनी सिटौला समूहबाट सञ्चारमन्त्री बनेका थिए । पछिल्लो पटक डा. शेखर समूहबाट महामन्त्री हुँदा विश्वप्रकाशसँग उनी पराजित भएका थिए । डा. शेखर र मिनेन्द्रको गुट माओवादी विरुद्ध केन्द्रीत रहेको कुरा प्रमलाई थाहा छ ।

शेखर र मिनेन्द्र सफल
अरु प्रदेशमा गठबन्धन सफल हुने कोशीमा पूर्ण नहुनुको कारण भनेकै डा शेखर र डा मिनेन्द्रको षड्यन्त्र हुनसक्छ । एमालेले राप्रपालाई त्यस्तै घात गरेको छ । यस्ता कुरामा एमाले चतुर शक्ति हो । राप्रपा प्रवक्तालले घात भयो भनेका छन् । तर त्यो गठबन्धनका उम्मेदवार जित्ने मत छँदै थिएन । रुक्मिणीले पाएको मत उनको सामाजिक सम्बन्धले पनि काम गर्न सक्छ । घात अन्तरर्घात ठूला दलले नै गर्छन् । काँग्रेस र एमालेले सदनमा मात्र होइन पेशागत संगठनहरूको चुनावमा पनि घात अन्तर्घात गर्ने चलन छ । कोशीको अन्तरघातमा उम्मेदवार आफैं कमजोर भएका कारण देखाउन पनि गठबन्धनले सफलता नपाएको हुनसक्छ भन्न मिल्दैन । डा. शेखर र मिनेन्द्रले गरेको डाक्टरी उनीहरूको क्षेत्रमा सफल होला । तर राजनीतिक तिकडमको डाक्टरीमा पार्टीको संस्थापनका अगाडि एक पटक अन्तर्घात गरेर सफल भइएल अरु समय विश्वासघाती भनेर चिनिन्छ, चिनाइन्छ । डा. शेखरका सारथी कुन त्यस्तो दूधले धोएका छन् । चरित्रको कुरा गर्ने हो भने डा मिनेन्द्र रिजाल जस्तो दुर्गन्धित मान्छे चिन्न शेखरले सभापतिसँग सोधे हुन्छ । हिजो कोइराला परिवारले दरबारिया भनेर देखेपछि काँग्रेस फुट्दैनथ्यो भने डा. मिनेन्द्र अष्ट्रेलियाको बसाई छाडेर नेपाल फर्कदैनथे । उनी अझै पनि पीआरधारी नै हुन् । स्वर्गवासीको मतले जितेका धनराज गुरुङनै रातोपासपोर्ट काण्डका नायक हुन् । डा. शेखरको निष्ठा र त्यागको त्यो अन्तर्घातलाई माओवादीले राजनीतिक गर्न जानेको छ भने हिसाव राख्लान् । पार्टी महासमिति बैठकमा समेत कोशीको घातको विषय अब उठ्न सक्छ । त्यहाँ महामन्त्री गगन पनि सहभागी छन् । यिनकै कारण काँग्रेसले वर्तमान गठबन्धन तोड्ने अवस्था भएन । किनकि डा. शखेरको टिमलाई हिसाव किताव गर्नका लागि पनि काँग्रेसको संस्थापनले कृष्ण सिटौलालाई शक्ति सन्तुलनको कि पर्शन बनाउनैपर्छ । समयले त्यो बाटो खोजेको थियो । डा. शेखरले पूरा गरेका छन् ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल