Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय अनुसन्धान र प्रहरीमा आरजुकै अंकुश !

काठमाडौं । वर्तमान सरकारको लक्ष्य राम्रो छ । उद्देश्य संविधान बचाउने, व्यवस्था सुदृढ बनाउँदै गणतन्त्र र संघीयताको रक्षा गर्नु हो । भ्रष्टाचार, बेथितिको नियन्त्रण, कालोबजारीको संरक्षण गर्ने कसैले भन्दैन । तर शेरबहादुर देउवा र उनको मण्डली सरकारमा पुगेपछि त्यसको काम भनेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नीतिगत लुट र राष्ट्रघातका कामलाई देउवा सरकारले समेत निरन्तरता दिएको प्रमाण हो । किसानले मल पाउँदैन । सरकारले ७२ अर्ब मलमा अनुदान दिएको छ भन्छ । शनिबार धादिङको धार्केमा राजश्व छलेर राजधानी भित्रिदै गरेका २ ट्रक मल किसानले हस्तक्षेप गरे । तर तस्करीको मल कति थियो सरकारले बताएन । मल कब्जा गरेका जनतालाई धम्क्याएर तस्करको सेवक बन्न सशस्त्र प्रहरी सक्रिय भयो । त्यो केशमा सशस्त्र प्रहरीको सीमा सुरक्षा विभाग, प्रदेश तहका बाहिनी प्रमुखहरू जिल्लाका इञ्चार्ज, प्रहरी र भन्सार समेत जोडिएका छन् ।
विद्यार्थीलाई समयमा पाठ्यपुस्तक नदिने, किसानलाई मल बिउ नदिने, माफिया, त स्करको सेवा गर्ने सरकारले राष्ट्रिय अनुसन्धानमा ५ महिनादेखि एआईजी दरबन्दी खाली हुँदा विभागभित्रकै सक्षम, योग्यहरूलाई जिम्मेवारी दिनु सट्टा भन्नको सुदूरपश्चिम तर संगठनभित्र नालायक र गोबरको थुप्रो ठानिएका चरित्रलाई अगाडि सार्ने चोचो मोचोमा त्यो पनि छ । एआईजीहरूको वरियतामा चौथो उसको हैसियत संगठनबाट हालै अवकाश प्राप्त प्रमका विश्वासी गणेश अधिकारीलाई सोधे हुन्छ । हुतराज थापा, कुलदेव थापा, हरिहर पौडेल, ओमप्रकाश जोशी, सुनिल ढकाल, देवेन्द्र कार्की, सुमन वैद्य, मधु कार्की राष्ट्रिय अनुसन्धानमा चिनिएकै अनुहार हुन् । क्षमताका हिसावले गणेश अधिकारीले छाडेका अपुरा कामको जिम्मा लिन सक्नेलाई एआईजी पद दिनुपर्छ । अहिलेको अनुसन्धान विभाग र प्रम शेरबहादुर देउवाको नाममा लुट्ने टिमकाबीचमा मोर्चा बनेकै कारण डा. आरजु देउवाको हस्तक्षेपले प्रहरी र राष्ट्रिय अनुसन्धानमा लथालिंग भएको हो । प्रहरीमा १७ जना डिआईजी दरबन्दी खाली हुँदा २७ जना प्रतिस्पर्धी छन् । यो नौलो कुरा होइन । तर गृहमन्त्रालयको सरुवा बढुवामा पनि आरजु राणा, प्रधानमन्त्री कार्यालय अन्तर्गतमा पनि तिनै डा. राणाको हस्तक्षेप भएकोले बढुवा समिति समेत बदनाम छ । गृहसचिवको अध्यक्षतामा आईजीपी र आईजीपीले तोकेको एआईजी सदस्यसचिव हुने परम्परा छ । यस पटक प्रम पत्नीको दादागिरीले आईजीपी धिरज प्रताप सिंह समेत आफैंले पदभार लिँदा बोलेका शब्द बिर्सन बाध्य हुने हुन् कि भन्ने शंका छ ।
देउवा प्रधानमन्त्री हुनासाथ देशमा राष्ट्रिय सुरक्षा संवेदनशीलताका कुरा बढी उठ्नु भनेको डा. आरजु र उनका भाइ भूषण राणाहरूको जगजगी हो । भानु देउवा, प्रकाश देउवा, डा आरजुले खटाउने सारथी मात्र हुन् । बदनाम कोइराला परिवारमा सुजाता देउवाको टिममा आरजु राणा र मञ्जु खाँण बनेका छन् । प्रहरी र अनुसन्धान विभाग भत्काइनुमा यी दुवैको हात छ । किनकि यिनका पोइहरू प्रम र गृहमन्त्री भएका छन् । त्यहाँका विभागीय प्रमुखहरू पनि पीडामा छन् । ऐन नियम एकातिर छ । गृहमन्त्री ऐनको बुँदा हेर्छन् । प्रधानमन्त्री हैऽऽट भन्छन् । उनलाई श्रीमती र सालाको राष्ट्र लुट्ने सूत्र बलियो बनाउनु छ । यही गिरोहले ल्याएको हो कृषिमल भन्सार छलेर । राजश्वले तस्करको नाउ लुकायो । राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण विभागलाई आफ्नो नियन्त्रणमा ल्याएर देशमा साम्राज्य चलाउने केपी ओलीको शासनका गलत कामको अन्त्य शेरबहादुर देउवाले गर्न नचाहनुको कारण नै दलाल र तस्करहरूको पक्षमा मुलुक लैजानु हो ।
गुप्तचरले देशको राष्ट्रिय संवेनशीलता धान्छ । तर अहिले डा. आरजुको निम्ति थैलो भर्ने काम त्यहाँ खोजिँदैछ । प्रहरीको एआईजी, डिआईजी, एसएसपी, एसपी, डिएसपी र निरीक्षकसम्म डा. आरजुको टोलीलाई चित्त नबुझाएसम्म नत सरुवा हुन्छ नत बढुवा नै । यस्तै विकृति बढाउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवालाई बोकेका हुन् । यस्तो अपराध त गुटबन्दीको आडमा केपी ओलीले नै गरेका थिए ।