Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय एकता दिवसलाई यसरी बुझौं

  • अर्जुन ज्ञवाली

राष्ट्र निर्माण गर्ने महापुरुष राजा हुन् या वीर बिरङ्गना बिवादको विषय बनाउनु हुँदैन । राष्ट्र एकीकरण गर्ने क्रममा भएका सामान्य कुराहरूलाई उचालेर प्रहार गर्नु असोभनीय कुरा हो । विश्मार्कले गरेको जर्मन एकीकरण होस् या राजा जारशाहिले एकीकरण गरेको रुस होस् माक्र्स, लेनिन र स्टालिनले सम्मान गरेका छन् । यसकारण गुरु गोरखनाथ, बौद्ध लामा, मत्स्येन्द्रनाथ, भैरबनाथ, सिद्ध भगवन्तनाथको आध्यात्मिक शक्तिपात, देबि मनकामना, भवानीको शक्ति, बिशे नगर्ची, कालू सार्की, झागल गुरुङ, हतियार निर्माणमा सहयोग गरेका गोरखनाथलाई पिरको रूपमा पूज्ने मुसलमानहरू गोर्खाली सेनाको साथमा नेपाल पुनः एकीकरण मार्फत् राष्ट्र निर्माणको नेतृत्व दिनुभएका बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मदिन नेपाल पुनः एकीकरणको सम्झनामा सबै नेपालीले सम्मान गर्नु पर्दछ ।
जर्ज वाशिङटनको नेतृत्वमा अमेरिका एकीकरण भएकाले राजधानीको नाम उनकै सम्झनामा वाशिङटन डिसि राखिएको छ । विशेष गरेर ब्रिटिश आडभरोसामा भएको वि.सं.१९०३को कोटपर्व पछि राणाहरूले फिरङ्गिलाइ खुशी पार्न पृथ्वीनारायण शाहको अवमूल्यन गर्दै आए । वि.सं.२००७ शालपछि राष्ट्रगुरु योगि नरहरिनाथको संघर्ष र पहलमा वि.सं.२०१० देखि पृथ्वीनारायण शाह राष्ट्रिय एकता अभियानअन्तर्गत पृथ्वीजयन्ती मनाउन थालियो । वि.सं.२०६३ पछि तिनै राणाहरूका अवैध सि क्लास राणाहरूको पार्टी अखिल भारतिय नेपाली काँग्रेसले यो बिदा र सम्झनाको दिनलाई कटौती गरेको थियो । यश पटक योगि नरहरिनाथले पछिल्लो चरणमा शुरु गर्नु भएको यो अभियान पुनः स्थापित हुन गएको छ । माओवादी उग्रवाद चरम अवस्थामा पुगेको समयमा जतिबेला राष्ट्रय पोशाक दौरा सुरुवाल वाइसिएलका कार्यकर्ताहरूले सडकमा च्यात्ने गर्दथे भने पृथ्वीनारायण शाहका शालिकहरू फोर्दै थिए । त्यस्तो प्रतिकुलताका बाबजुद २०६२÷०६३ पछि यो अभियानलाई जनस्तरमा लैजाने कार्य बामपन्थी बुद्धिजीवी पृथ्वी विचार अभियन्ता खगेन्द्र सिटौला र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका स्वकीय सचीव त्रिभुवन विश्व बिधालय एसियाली अनुसन्धान केन्द्र सिनासका प्राध्यापक पेशलकुमार निरौलाको अथक प्रयत्ननै अहिलेको परिणाम हो । यसलाई अमुक मण्डले समूहको सता बार्गेनिङसँग जोडेर क्रिप्टो हिन्दू आवरणको राप्रपाको उपलब्धि भन्नू बादलले सुर्यलाई ढाकिरहेको अवस्थामा राति भयो भनेजस्तै हो । तथापि अहिलेको सत्ता गठबन्धनमा रहेका माले, एमाले, मसाले माओवादी र मण्डलेहरूले जुनसुकै स्वार्थमा भएपनि यो विषयलाई उठाउनु सकारात्म रूपमै लिनुपर्दछ । यसैगरी पुस्पकमल दाहालले प्रधानमन्त्रीको समर्थनको लागि भनेर फेस सेभिङ गर्नुपर्ने कारण छैन हिजोको गल्ति सच्याएँ भनेहुन्छ । जहाँसम्म राष्ट्र निर्माता पृथ्वीनारायण शाहको लिगेसिको बैचारिक धारा हो त्यो अहिलेको सेना र दरबारमा रहेको छैन । कोट पर्व र २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डले अहिलेको सेना र पूर्व राजपरिवारमा पृथ्वीनारायण शाहको नितिगत लिगेसी छैन । पारिवारिक लिगेसी र नितिगत लिगेसी फरक हो । राजा त्रिभुवनले ब्रिटिश लिगेसी राणाहरूसँग सम्बन्ध तोडने निति बिपरित राजा महेन्द्रले रत्न राज्यलक्ष्मी राणासँग तानाशाह बिपि कोइरालाको पहलमा गरेको बिवाह र आफ्ना छोराहरू बिरेन्द्र, ज्ञानेन्द्र, धिरेन्द्रको राणा परिवारमा जोडेको सम्बन्धनै दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ र गणतन्त्रको बर्तमान अवस्था हो । तथापि यो राष्ट्र जोगाउन पछिल्लो चरणको राजा महेन्द्रको भुमिका पृथ्वीनारायण शाहको जस्तै अविस्मरणिय रहेको छ त्यसलाई सम्मान गर्नुपर्दछ । इतिहास पुरानै रूपमा दोहोरिँदैन । नेपालमा गणतन्त्र नन्दप्रसाद अधिकारीको लाश १० बर्षसम्म जलाउन नसक्ने प्रचण्डले ल्याएको होईन । नेपाली नामक इन्डो÷अमेरिकी सेनाले ल्याएको हो । यो अवस्थामा राजतन्त्रको अवतरण सिम्हानुक मोडेल या लाओस मात्र हो । भारतिय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाल सेनाको सुरक्षाकवजको रूपमा राजतन्त्र पुनस्र्थापना गर्नु बर्तमान अवस्थामा पृथ्वीनारायण शाह, बहादुर शाहको बैचारिक धारा विरुद्ध हो । किनभने पृथ्वीनारायण शाह र बहादुर शाहको एकीकरण बैचारिक अभियान ब्रिटिश फिरङ्गी साम्राज्यवाद विरुद्ध थियो । अहिलेको कथित नेपाली सेना र दरबारिया भारदारहरू भनेका ब्रिटिश अमेरिकी साम्राज्यवादका दलालहरू हुन् । वर्तमान परिबेशमा हेर्दा यो सेना र मण्डले काँग्रेस मोडेलको राजतन्त्र इन्डो÷अमेरिकी साम्राज्यवाद अनुकुल हुनेछ । यो नेपाल एकीकरणको बैचारिक लिगेसी र स्वयं पृथ्वीनारायण शाहको नीति विरुद्ध हुन्छ । सिम्हानुक या लाओस मोडेलमा पुरानो सस्थाको अवतरण साथ फिरङ्गी राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनाको विघटन शशस्त्र प्रहरीलाई सैनिक रूपान्तरण साथ नेपाललाई इन्डो÷अमेरिकी फिरङ्गी र तिरङ्गी घेराबाट मुक्त गर्दा मात्र पृथ्वीनारायण शाह र बहादुर शाहको असली सम्मान हुनेछ ।

पूर्व राजाको ट्वीटमार्फत् विवादास्पद अभिव्यक्ति
राम जन्मभुमि चितवनको अयोध्यापुरिमा बन्न लागेको राम मन्दिर विरुद्ध ट्विटर मार्फत पूर्व राजाको अभिव्यक्ति आएको छ । सार्वजनिक जिवनको महत्वमा रहेका ब्यक्तिको नामबाट कसैले सामाजिक सञ्जालको दुरूपयोग गरेकोछ भने त्यो जनताले जानकारी पाउनु पर्दछ । केवल सचिवालयले आधिकारिक होइन भनेर वक्तव्य जारी गरेर मात्र हुँदैन । पूर्व राजाको सचिवालय वक्तव्य जारी गरे पनि पटक पटक ट्विटर मार्फत आएका अभिव्यक्तिहरू आपत्तिजनक छन् । राम जन्मभुमि चितवनको अयोध्यापुरी हो भन्ने कुरा राष्ट्रगुरु योगि नरहरिनाथले प्रमाणित गरेको विषयहो । पुर्ब प्रधानमन्त्री केपी ओलिले यही विषयलाई निरन्तरता दिएर स्थापित गर्न सहयोग गरेको कार्य स्वागतयोग्य छ ।
पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहको नामको ट्विट आधिकारिक हो या फर्जी थाहा भएन । तर उहाँको नामबाट चितवनको अयोध्यापुरिमा रहेको रामजन्म भुमिमा बन्नलागेको मन्दिर विरुद्ध जुन अभिव्यक्ति आएकोछ त्यसको हामी घोर भत्सर्ना गर्दछौं । इतिहास शासकको मात्र हुँदैन हाम्रो सभ्यता सस्कृती धर्म दर्शनको आफ्नै गौरबशाली इतिहास छ । चाहे १५ शय वर्ष पूर्वको मत्स्येन्द्रनाथको इतिहास होस् या गुरु गोरखनाथको । ९ शय वर्ष पूर्वको रतननाथको या ८÷९ शय वर्ष पूर्वको चन्दननाथको । हिमवत्खण्ड र मानसखण्डको आफ्नै गौरबशाली इतिहास रहेको छ । यसैगरी नेमुनिदेखि जनकपुर मिथिलामा राजा जनक, ऋषि याज्ञवल्क, अस्टाबक्र आदि ऋषिमुनीहरूको इतिहास मात्र छैन दर्शन पनि जिवन्त रहेको छ । नेपालको बैदिककालिन इतिहास महाभारतकालिन युद्धपुर्ब पाण्डब मध्येका अर्जुनले पाशुवतास्त्र यहींबाट आदिनाथ शिबको तपश्या गरेर पाएको इतिहास छ । बेदव्याशले दमौलीको ब्यास गुफामा साधना गरेर चार बेदलाई लिपिवद्ध गरेको इतिहास छ । पश्चिमको फिरङ्गी शिक्षा लिनुभएका पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेबलाई इतिहासको यो पाटो जानकारी नभएको हुनसक्छ । किनभने फिरङ्गिहरूको शिक्षामा यी कुराहरू हुँदैनन् । पूर्व राजाको नामको ट्विटर सामान्य ब्यक्तिको होइन । सार्बजनिक जिवनको महत्वमा रहेका व्यक्तिको सामाजिक सन्जालबाट आउने अभिव्यक्तिले पार्ने प्रभाव र दिने म्यासेज त्यहीं प्रकारको हुन्छ । केवल उनको सचिवालयले यो आधिकारिक होइन भनेर बक्तव्य दिएर मात्र हुँदैन । किन, कसले कसरी चलाएको हो ? सबैलाई जानकारी हुन आवस्यक छ ।


सम्बन्धित समाचार