Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय क्यान्सर नितिको आवश्यकता

अस्वस्थ खानपान, बदलिँदो जीवनशैलीका कारण सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढिरहेको छ । अस्वस्थ बजारी प्रतिस्पर्धाका नाममा हुने रसायनको अधिक प्रयोगका कारण क्यान्सर जस्ता नसर्ने रोगको प्रकोप बढिरहेको छ । आज February महिनाको ४ तारिक । हरेक बर्ष आजको दिन बिश्व क्यान्सर दिवसको रूपमा नेपाल लगायत बिश्व भरका सबै देशमा बिभिन्न कार्यक्रमका साथ भबरूपमा मनाउने गरिन्छ। यो बर्ष २०२२ को नारा close the care gap (हेरचाहामा हुने असमानता को अन्त गरौ) भन्ने रहेको छ।

Union for international cancer control (UICC) बाट प्रतिपादित यो बर्षको नाराले स्वास्थ क्षेत्रमा रहेको बिश्वब्यापी असमानता र मानबको बाच्नपाउनु पर्ने नैसर्गिक अधिकार को बारेमा उजागर गरेको छ।आजको बास्तबिकता यहिहो कि मानिसले जिउने जिवन र मरण बिचको भिन्नता उ बस्ने देश, क्षेत्र र ब्यक्ति बिसेक फरक भएको छ।यहि असमानता हटाउनु नै आजको आबश्यकता हो।तुलनात्मकरूपमा बिकसीत देशहरू र मध्यम तथा कम आयश्रोत भयेका देशहरू बिच क्यान्सर बाट अल्पायु मा हुने मृत्यु दरको खाडल धेरै ठुलो छ।

यसको मुख्यकारण श्वास्थ्य उपचारमा हुने पहुँचको कमी,आधुनिक श्वास्थ्य प्रबिधीको अभाब, आयश्रोतमा कमी,शिक्षा तथा प्रचार प्रसारमा कमी,जिवनशैली तथा यस्तै अन्य अभाब र असमर्थता का कारण हुन। जहाँ इच्छा, त्यहाँ उपाय भनेझै ब्यक्ति,समाजका हरेक क्षेत्र र देशहरूको बिश्वब्यापी एकिकृत समन्वय र सहयोग बाट मात्रै यो असमानताको खाडल लाई कम गर्न सकिन्छ।

क्यान्सर रोग र यसको कारक तत्वको बारेमा जनमानसमा सुसिचित गराउने,स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्य कर्मी तथा बिशेषक्षहरू लाई आधुनिक प्रबिधि उपलब्ध गराउने तथा दक्षता बृद्धि गराउने,समुदायलाई प्रदान गरिने प्राथमिक स्वास्थ्य सुबिधा बडाउने,जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सामाजिक तथा आर्थिक पक्षको लागि आबस्यक निति तथा कार्यक्रम ल्याउने, राष्ट्रिय स्तरमा क्यान्सरको बारेमा अनुसन्धान तथा खोजीनितीको लागि आबश्यक जनसक्ति र बजेटको ब्यवस्थापन गर्ने एबं क्यान्सरको रोकथाम तथा उपचरको लागि समग्रपक्षलाई समेटेर राष्ट्रिय क्यान्सर नितिको निर्माण गरेको खण्डमा धेरै हदसम्ममा हामी नेपालीलाई यो क्यान्सरको भयाबह अवस्था बाट छुटकारा पाउनसकिने थियो ।

 

लेखक नेपाल अर्वुद राेग निवारण संस्थाका केन्द्रिय अध्यक्ष हुनुहुन्छ