Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेले नेपाल टेलिकमको सीम निशुल्क पाउने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा सिमकार्ड दिने भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे।
कार्यक्रममा सिइओ श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न उर्जा मिल्ने बताए। उनले सरकारी संस्थासँग मिलेर अगाडि बढ्न सकिने बताए। टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, टेलिकमका ब्यवसायिक अधिकृत गोकर्णप्रसाद सिटौला, प्रमुख वित्तीय अधिकृत प्रदिपराज उपाध्याय लगायतकोे उपस्थिती थियो।


सम्बन्धित समाचार