Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ ।
ऋणपत्रको बोलकबोल बिहीबार ३ बजे हुने छ भने निष्कासन शुक्रबार हुने छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले सहभागी जनाउन पाउनेछन् ।
यो ऋणपत्र धितो राखेर कर्जा लिन दिन पाइने छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट हुने छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । ब्याजमा ब्याजकर लाग्ने छ ।
ऋणपत्र खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ भने अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्र बाँडफाँड गरिने छ । ऋणपत्र २०८६ साउन १९ गते परिपक्व हुनेछ ।
विकास ऋणपत्र दुइ वर्षभन्दा माथि मध्यम तथा दीर्घकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गर्ने उपकरण हो । यसलाई सरकारी ऋणपत्र पनि भनिन्छ । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ देखि १५ वर्ष अवधिका हुने गर्छन् ।


सम्बन्धित समाचार