Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । १३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको नेपाल राष्ट्र बैंकले ३ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ३६४ दिन अवधिका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो २०८१ साल असोज १ गते परिपक्व हुनेछ ।
भोलि जारी हुने ट्रेजरी बिलको राष्ट्र बैंकले आज ३ बजे बोलकबोल गर्ने जानकारी दिएको छ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि ९ अर्ब ५३ करोड र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।
९१ दिनका लागि जारी हुने ट्रेजरी बिल पुस ३ गते र १८२ दिनका लागि जारी हुने ट्रेजरी बिल चैत ६ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल खरिद गर्ने व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल