Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको पक्षमा अभूतपूर्व मत

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अभूतपूर्व मत पाएको छ। साढे तीन वर्षअघि गठन भएको र दोस्रोपटक निर्वाचनमा भाग लिएको रास्वपाले प्रारम्भिक नतिजा अनुसार अभूतपूर्व मत ल्याएको हो। प्रारम्भिक मत परिणामले रास्वपाले बहुमत ल्याउने देखाएको छ।
रास्वपाले काठमाडौं(१ बाट जितको खाला खोलेको छ। यो क्षेत्रमा रञ्जु दर्शना विजयी भएकी छन्। उनी १५ हजार ४५५ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वद्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६३ मत पाए। यो क्षेत्र अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो।
अघिल्लो निर्वाचनमा सवा सय मतले पराजित भएका राप्रपाका रवीन्द्र मिश्र यसपालि तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। उनले ४ हजार मत पनि कटाउन सकेनन्। निर्वाचन आयोगका अनुसार साढे पाँच दर्जन निर्वाचन क्षेत्रको मतगणना भइरहँदा रास्वपाका उम्मेदवार ४९ ठाउँमा अगाडि छन्। धेरैजसो क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो अग्रता लिएका छन्। धनुषा ३ मा रास्वपाका मनिष झाले ९ हजारभन्दा बढी मत ल्याउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विमलेन्द्र निधिले ३ हजार १०७ मत मात्र पाएका छन्। यो क्षेत्रबाट अघिल्लोपटक निर्वाचित एमालेकी जुलीकुमारी महतोले १५०० मत पनि पाएकी छैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली २०६४ को संविधान सभा निर्वाचन बाहेक २०४८ यताका निर्वाचनमा लगातार विजयी भएको क्षेत्रमा रास्वपाका बालेन शाह फराकिलो मतान्तरले पछि परेका छन्।
रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग धेरै मतले पछि परेका छन्। सुलभले साढे १० हजार मत ल्याउँदा पौडेलले २५०० भोट पनि ल्याएका छैनन्। काठमाडौंका मत गणना भइरहेका ८ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतसहित अगाडि छन्। काठमाडौं(७ मा रास्वपाका गणेश पराजुलीले १० हजारभन्दा बढी मत ल्याउँदा दोस्रो स्थानको एमालेले १७०० भोट पनि पाएको छैन। यो क्षेत्रमा कांग्रेस चौथो स्थानमा छ।
काठमाडौं ५ मा कांग्रेस महामन्त्री रास्वपाका सस्मित पोखरेलसँग धेरै मतले पछि परेका छन्।
चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन उम्मेदवारले भन्दा धेरै मत पाएका छन्। पछिल्लो गणना अनुसार रविले ८०१५ मत पाउँदा एमालेका अस्मिन घिमिरेले २५९० मत पाएका छन्। कांग्रेसकी मीना खरेलले २४८१ र नेकपाका उम्मेदवारले १७५६ मत ल्ययाएका छन्। कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन्। मतगणना जारी रहँदा रास्वपाका उम्मेदवारले मतान्तर बढाइरहेका छन्।
आयोगका अनुसार अहिलेसम्मको गणनामा कांग्रेसले ७, एमालेले ४ र नेकपाले २ क्षेत्रमा अग्रता लिएका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल