Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् । रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको स्पष्ट पारेका छन् । यो विषय उठेपछि थापासँग हामी केही नेताहरूको फोन सम्पर्क भएको थियो। उहाँले म कुनै पनि रूपमा कमजोर छैन मसँग सबै प्रमाणहरू छन्, आवश्यक परे म सार्वजनिक गर्न सक्छु । एकजना श्रीमतीसँग डिभोर्स गरिसकेको मसँग कागज सुरक्षित छ, थापाको भनाइ उदृत गर्दै रास्वपाका एक शीर्ष नेताले भने, आज म तपाईँहरूसँग समन्वय गरेर आवश्यक परे कागजै सार्वजनिक गर्न तयार छु । म कुनै पनि रुपमा चुकेको छैन र म कमजोर छैन । म कमजोर भए जुनसुकै कारबाही भोग्न समेत तयार छु। रास्वपाका केही नेतालाई थापाले स्पष्ट पारेपछि आज पार्टी कार्यालय वनस्थलीमा केही नेता र थापा सहितको बैठक बस्न लागेको बताइएको छ । केही नेताहरूसँग थापाले परामर्श गरेपछि पत्रकार सम्मेलनमै उनले प्रमाण सार्वजनिक गर्ने रास्वपा स्रोतको भनाइ छ । रास्वपाका केही नेताहरूले भने यो विषय यस अगाडिका मिटिङहरूमा नउठेको तर केही नेताहरूले यस्तो कुरा आएको छ भन्ने हल्ला गरेको भने स्वीकार गरेका छन् । रास्वपाका एक नेताले भने, उहाँको पारिवारिक विषयमा प्रश्न उठेको थियो तर डिभोर्स भइसकेको भनेपछि हामीले कोट्याउने कुरा भएन । रूपन्देही– ३ मा जनता माझ जाँदा भने यो विषय कसैले पनि उठाउनुभएको थिएन।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल