Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपा महाधिवेशनमा ५ वटा प्रतिवेदन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को आजदेखि सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ ।

साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लीमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यक्रम रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिए ।

गत असार ६ गते महाधिवेशनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रीय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिइसकेको छ ।

महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुँदैछन्, जसमध्ये २ सय जना बिभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेशनमा कम्तीमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार

खगेन्द्र सुनारको छुद्र टिप्पणी

२०८३ असार ९

ताजा नेपाल

जनताको सरोकारमा छैन चासो

२०८३ असार ९

ताजा नेपाल